site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनकपुरमा वृक्षारोपण गरी साहित्य महोत्सव शुभारम्भ

जनकपुर । बुकवर्म फाउन्डेशनले आयोजना गरेको तीन दिवसीय आइएमई नेपाल साहित्य महोत्सव शुक्रबारदेखि सुरू भएको छ । साहित्यकार, लेखक तथा पत्रकारहरुको भव्य उपस्थितिबीच पूर्व राष्ट्रपति डा.रामवरण यादवले रामजानकी विवाह मण्डप परिसरमा वृक्षारोपणगरी महोत्सव शुभारम्भ गरेका हुन् । 

आइतबारसम्म चल्ने महोत्सवमा चुरेचिन्तनदेखि सीमाञ्चल साहित्यसम्मको विषयमा विचार विमर्श हुने अयोजकले जनाएको छ । जनकपुरको जानकी मन्दिर, विवाह मण्डप, रलवे स्टेशन तथा गंगासागर किनारगरी चार स्थानमा आयोजना हुन लागेको फरक फरक कार्यक्रमले नेपाल तथा मधेशको राजनीति, शिक्षा, साहित्य, भोजन संस्कृति लगायत विषय समेटेको छ । 

आठ वर्षअघि काठमाडौंमा पहिलो पटक आयोजना भएको यो महोत्सव केही वर्षसम्म निरन्तर पोखरामा सञ्चालन भयो । यस पटक पहिलोचोटी तेस्रो सहर जनकपुरमा आइएमई नेपाल साहित्य महोत्सवको आयोजना गरेको महोत्सव निर्देशक अजित बरालले जनाए । यो महोत्सवले पठन संस्कृतिको विकास गर्नुको साथै ज्ञान उत्पादन र प्रसारणको दायरा बढाउने र नयाँ पुस्तामा ज्ञानको भोक जगाउने काम समेत गर्ने आयोजकको दाबी छ । 

"यी उद्देश्य बाहेक शताब्दी अघि ज्ञानभूमिको रुपमा प्रसिद्धि पाएको यो सहर पछिल्लो समय राजनीतिक तथा साहित्यको दृष्टिकोणले ओझेलमा पर्न लागेको महसुस भइरहेको थियो" बरालले भने, "मधेशको राजनीतिक तथा बौद्धिकता पुनस्र्थापनामा पनि यो महोत्सवले असर गर्ने अपेक्षा छ ।" नेपाल भ्रमण वर्ष २०२० को संघारमा आन्तरिक पर्यटन आकर्षण गर्न यो महोत्सवले सहयोग पुग्न सक्ने भ्रमण वर्षका प्रादेशिक संयोजक मनिष झाको भनाइ छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro