site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
‘क्लासिक’ क्याप्टेन ज्ञानेन्द्र 
SkywellSkywell

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) २७ असोजमा फुकुवा भयो । क्यान फुकुवासँगै नेपाली क्रिकेटको नयाँ अध्याय सुरु हुने खेलप्रेमीको उत्साह एकैछिन भए पनि निरासामा परिणत भयो । जसको कारण थियो, २८ असोजमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले टिमको कप्तानीबाट राजीनामाको घोषणा गर्नु । 

पारसको अप्रत्याशित राजीनामाको चर्चा सर्वत्र चल्यो । निर्वाचित क्यानका अध्यक्षले सार्वजनिक समारोहबाटै पारसलाई निर्णयबारे पुनर्विचार गर्न आग्रह गरे । तर, पारसले खेलाडीको रुपमा टिममा रहने तर कप्तानको जिम्मेवारीमा नफर्कने बताए । 

१० वर्षे कप्तानीको जिम्मेवारी सफलताका साथ निभाएका पारसको राजीनामासँगै नेपालीटो लीको अबको कप्तानी कसले सम्हाल्छ भन्ने चासो बढ्यो । यसबीचमा उपकप्तान रहेका ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, शरद भेषावकर, दिपेन्द्र ऐरी लगायतको नाम सम्भावित कप्तानको रुपमा चर्चामा आयो । सफलताको लय समाउँदै बढेको नेपाली क्रिकेटका लागि पारस खड्काको राजीनामा अविश्वसनीय थियो । किनकी पारसको कप्तानीमा सफलताको सिँढी चढ्दै गरेको नेपाली क्रिकेटमा उनी एक सफल लिडर थिए । विवादमा नपरेका पात्र थिए, पारस । तर राष्ट्रिय टोलीको नेतृत्व चुन्नैपर्ने दायित्व क्यानको थियो । 

KFC Island Ad
NIC Asia

बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गर्याे । ज्ञानेन्द्र पारससँगै १० वर्ष उपकप्तानको रुपमा नेपाली टोलीको जिम्मेवारीमा थिए । सन् २००९ मा पारस खड्का कप्तान भएपछि उपकप्तानको जिम्मेवारी पाएका ज्ञानेन्द्रले अन्ततः कप्तानको जिम्मेवारी पाए । त्यसो त उनले यसअघि पारसको अनुपस्थितिमा नेपाली टोलीको कप्तानी गरिसकेका छन् । यू–१५ क्रिकेटदेखि सुरु भएको क्रिकेट करिअरमा मल्लले लामो समय नेपाली क्रिकेटमा बिताइसकेका छन् । 

कप्तानको जिम्मेवारी पाएलगत्तै उनले नेपाली क्रिकेट टोलीले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी पूर्णताका साथ निभाउने बताए । साथै उनले पूर्व कप्तान पारससँग सहकार्य गर्दै नेपाली क्रिकेटको विकासमा लाग्ने पनि धारणा राखे । मल्लले टिमलाई कप्तानसँगै एक नेतृत्वकर्ताको आवश्यक पनि पर्ने भएकाले टिममा पारसको महत्वपूर्ण भूमिका रहने बताएका छन् । 

“मलाई लाग्छ, पारस नेपाली क्रिकेट टोलीमा रहनैपर्छ, कप्तानको जिम्मेवारीमा म हुनु वा पारस रहनुमा केही फरक पर्दैन । हामी दुवै जनाको सोचाइ नै नेपाली क्रिकेटको विकास गर्नु हो । त्यसैले टिममा पारस खेलाडी भएर खेल्दा मलाई कप्तान भएर गर्व गर्ने कुरा पनि हुँदैन । हाम्रो सोचाइ एउटै छ । मात्र जिम्मेवारी फरक हो । मलाई लाग्छ, टिममा लिडरसिपको महत्वपूर्ण भूमिका रहन्छ । त्यसमा पारसको महत्वपूर्ण भूमिका रहन्छ,” मल्लले भने । 

०००

सन् २००६ मा नामिबियाविरुद्ध आईसीसी इन्टर कन्टिनेन्टल कपमा नेपाली राष्ट्रिय टिमको डेब्यू गरेका मल्लले पारस कप्तान हुँदा सन् २००९ देखि एक दशक नेपाली राष्ट्रिय क्रिकेट टोलीको लागि उपकप्तानको भूमिकामा थिए । ३० वर्षीय मल्ल दायाँ हाते ब्याट्सम्यान हुन् । मल्ल नेपाली राष्ट्रिय टोलीका सबैभन्दा अनुभवी खेलाडीहरुमा चिनिन्छन् । उनले कुल ६ एकदिवसीय अन्तर्राष्ट्रिय र २१ टि–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । नेपाली टोलीको जिम्मेवारीको निकै चर्चाका बीचमा आएका मल्ल नयाँ कप्तान एउटा अवसरको रुपमा रहेको बताउँछन् । साथै उनी आफूलाई कप्तान हुन्छु र मैले कप्तानको जिम्मेवारी पाउनुपर्छ भन्ने कहिले नलागेको सुनाउँछन् । यातिमात्र होइन, पारसले कप्तानबाट राजीनामा दिँदा पनि आफूलाई कप्तानको जिम्मेवारीमा आउने नलागेको उनले बताए । 

“मलाई कहिले पनि राष्ट्रिय टोलीको कप्तान हुन्छु जस्तो लागेको थिएन । मैले म कप्तान हुन पाउनु पर्छ भन्ने सोच पनि राखेको थिइन । मलाई होल टिम कहाँ जानुपर्छ भन्ने चासोको विषय थियो । जसरी पनि नेपाली टिम अगाडि बढ्नुपर्छ भन्ने सोच हो । त्यसैले यो टिमको एक अंश हुन पाएकोमा नै म खुसी थिएँ । त्यसमाथि पारस खड्का कप्तान भइसकेपछि मैले त्यो कुरामा कहिले पनि ध्यान दिइन । अहिले पारसले कप्तानबाट राजीनामा दिदाँ पनि मैले कप्तान हुन पाउनुपर्छ भनेको थिइन । कोच र क्यानको हातमा रहेको कुरालाई मेरो दिमागमा ल्याएर बसिनँ,” मल्लले भने । 

०००

मल्ल नेपाली टोलीमा पारस नहँुदा धेरै पटक कप्तानको रुपमा देखिएका थिए । उनले सन् २०१३ डिसेम्बरमा पहिलो पटक नेपाली टोलीका लागि कप्तानी गरेका थिए । नेपालमा आयोजित जर्नी टु विश्वकप प्रतियोगितामा उनले सिंगापुरविरुद्धको खेलमा नेपालका लागि कप्तानी गरेका थिए । त्यसपछि २०१४ एकदिवसीय विश्वकप छनौटको स्कटल्याण्डविरुद्ध एक खेलमा कप्तानी गरेका मल्लले २०१५ मा युएई टुरमा हङकङविरुद्ध पुनः नेपाली टोलीको कप्तानी गर्ने मौका पाएका थिए । त्यसपछि मल्लले २०१७ विश्वकप क्रिकेट  च्याम्पियनसिपमा केन्याविरुद्धको खेलमा कप्तानी गरेका थिए । त्यस्तै उनले २०१७ एसीसी इमर्जिङ टिम्स कप प्रतियोगितामा कप्तानी भएको नेपाली टोली गत जुलाईमा आईसीसी टि–ट्वान्टी विश्वकप छनोट एसिया रिजन फाइनलमा समेत कप्तानी सम्हालेका थिए । ज्ञानेन्द्र नेपालमा हुने घरेलु प्रतियोगितामा पनि कप्तानको भूमिकामा देखिन्छन् । घरेलु प्रतियोगितामा भने मल्लले टिमलाई उपाधि दिलाउन सकेका छैनन् । एउटा खेल, एउटा टुरमा कप्तानी गर्नु र एक समयका लागि कप्तानी गर्ने कुरमा धेरै फरक भएको मल्ल बताउँछन् । यसअघि विभिन्न समयमा गरेको कप्तानी भन्दा यो समयको कप्तानको जिम्मेवारी बेग्लै किसिमको रहेको उनको भनाइ छ । 

“मैले पहिले एउटा खेल र एउटा टुरका लागि कप्तानी गर्नु र अहिलेको कप्तानीमा धरै फरक छ । एउटा टिमको बारेमा नै धेरै कुरा सोच्नुपर्ने हुछ । यात्रा चुनौतीपूर्ण र अवसरको रुपमा छ । जिम्मेवारीको हिसाबमा भन्ने हो भने पुरानै जिम्मेवारी छ– नेपाली क्रिकेटको विकासका लागि लागिरहने । टिममा क्याप्टेनसिपको कुरा गर्दा टिमले कहिलेकाहीँ राम्रो प्रदर्शन गर्दा आफ्नो राम्रो क्याप्टेनसीप देखिन्छ । लिडरसिपको हिसाबमा भन्नुपर्दा यसको टिममा धेरै आवश्यक्ता रहन्छ । यसको भूमिका टिममा रहेका सबै खेलाडीले निभाउन सक्छन् । त्यसैले टिममा कप्तान भन्दा लिडरसिपको भूमिका महत्वपूर्ण रहन्छ,” मल्लले भने । ज्ञानेन्द्रलाई नेपाली टिमका ‘क्लासिक ब्याट्सम्यान’ मानिन्छ । उनको हरेक सटमा बेग्लै खालको कला देखिन्छ । 

०००

मल्लले नेपालको लागि २००५ मा यू–१५ क्रिकेट टिम हुँदै आफ्नो क्रिकेट करियरको सुरुवात गरेका थिए । सन् २००५ मा यू–१५ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरेपछि सोहि वर्ष यू–१७ र यू–१९ हुँदै यू–१९ विश्वकप २००६ खेलेका मल्लले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । 

सन् २०१२ को एसीसी ट्रफी इलाइट प्रतियोगितामा साउदी अरबसँग मल्लले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलको सबै बललाई बाउन्ड्री पार गराउँदै मल्ल उक्त काम गर्ने पहिलो नेपाली खेलाडी बने । मल्लले मलेसियामा सम्पन्न सन् २०१४ को डीभिजन–३ प्रतियोगिता सिंगापुरसँग पहिलो शतक बनाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro