site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

चितवन । नारायणगढको क्याम्पाचौरमा जारी जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको आज भएको खेलमा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनल खेलमा संकटा क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै विभागीय टोली उपाधि नजिक पुगेको हो । मध्यान्तरअघि गोलरहित बराबरी खेलेको पुलिसका लागि दोस्रो हाफको २७ औं मिनेटमा जर्सी नम्बर १६ का सौजन याक्खाले गोल गरे । सुमन लामाले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रि-किक गोलरक्षकले पञ्च गरेपछि रिबाउण्डमा सौजनले सुन्दर गोल गरे । निर्णायक गोल गरेका सौजन म्यान अफ दी म्याच घोषित भए ।

खेलमा पहिलो हाफ संकटाले सुन्दर मौकाहरु गुमाएको थियो । दोस्रो हाफ भने पुलिसले आफ्नो नियन्त्रणमा लिएको थियो भने पाएका कयौं मौका पुलिसले पनि गुमायो ।

पुलिसले अब उपाधिका लागि कात्तिक ९ गते शनिबार चितवन-११ को सामना गर्ने छ । चितवन यसअघि नै बुधबार तुलनात्मक बलियो त्रिभुवन आर्मी क्लबलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ । प्रतियोगिता कात्तिक ९ गते सकिँदैछ । 

नारायणगढ जेसिजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सहआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले तीन लाख तीन हजार ३३३ रुपैयाँ पुरस्कार पाउने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro