site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मीलाई हराउँदै चितवन फाइनलमा

चितवन । नारायणगढको क्याम्पाचौरमा बुधबार भएको टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै चितवन-११ फाइनलमा प्रवेश गरेको छ ।
 
मध्यान्तरअघि गोलरहित बराबरीमा रोकेको आर्मी दोस्रो हाफमा सम्हालिन नसक्दा २-१ को हार ब्यहोर्‍यो । दोस्रो हाफमा चितवनको आक्रामक प्रदर्शनको अगाडि आर्मी फितलो देखियो । 

चितवनका लागि पहिलो गोल दोस्रो हाफको २० औं मिनेटमा जर्सी नम्बर १५ का अनिल रानाले गरे । आर्मीका खेलाडीको ह्याण्डमा चितवनका यदु सिलवालले गरेको प्रहार आर्मीका गोलरक्षक विकेस कुथुले पन्च गरे । त्यसैमा भएको रिबाउण्डमा अनिलले उत्कृष्ट गोल गरे । 

त्यसको ८ मिनेटपछि चितवनका कप्तान जर्सी नम्बर ७ का रुमेस बर्तौलाले गरेको गोलसँगै चितवनले २–० को अग्रता लियो । आर्मीका लागि जर्सी नम्बर २९ का विमल पाण्डेले दोस्रो हाफको ३७ औं मिनेटमा गोल गरे । 

उत्कृष्ट प्रदर्शन गरेका चितवनका जर्सी नम्बर २ का जितेश गुरुङ म्यान आफ दी म्याच बने । चितवनका प्रशिक्षक विजय घलेले रणनीतिअनुसार सबै खेलाडीले राम्रो प्रदर्शन गरेका कारण जित सम्भव भएको बताए । 

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले चितवनले राम्रो खेलेको कारण जितेको प्रतिक्रिया दिए । आर्मीको मध्यपंक्तिमा तालमेल नमिल्नाले चितवनले उत्कृष्ट गोल गरेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro