site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय गौरवका आयोजनाको प्रगति बुझ्दै प्रधानमन्त्रीले भने- मन्त्रालयबीच समन्वय भएन
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यप्रगति पनि गौरवपूर्ण हुनपर्ने बताएका छन् । 

प्रधानमन्त्री कार्यलयको एक्सन रुमबाट आज विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने क्रममा प्रधानमन्त्री ओलीले  कुनै पनि कारणले आयोजनाको काम सुस्त हुनुनहुने बताएका हुन । 

KFC Island Ad
NIC Asia

प्रधानमन्त्री ओलीले पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोसी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सम्बन्धित परियोजना प्रमुखहरूबाट भिडियो कन्फरेन्स मार्फत कार्य प्रगतिको जानकारी लिएका हुन् । 

यसैगरी प्रधानमन्त्री ओलीले रानी जमरा कुलरीया सिंचाइ आयोजना, सिक्टा सिञ्चाइ आयोजना र हुलाकी लोकमार्ग आयोजनाको कार्यप्रगतिको जानकारी लिएका हुन् । प्रधानमन्त्री ओलीले भिडियो कन्फरेनसमार्फत नै ती परियोजनामा विभिन्न ठाउँहरूमा भइरहेका निर्माण कार्यको पनि अवलोकन गरेका हुन् ।

Royal Enfield Island Ad

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री, सचिव र परियोजना प्रमुखहरुलाई समयमै काम सक्न निर्देशन दिएका छन्  । “कामले गति त लिएको छ तर समय सीमाभित्र सक्नलाई अझै धेरै गति दिनुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “कामलाई गति दिन एक मन्त्रालय र अर्को मन्त्रालयबीचको समन्वयको आवश्यकता देखिन्छ । त्यसमा विशेष ध्यान दिनूहोस् ।”

प्रधानमन्त्री ओलीले सरोकारवालाहरुलाई परियोजना स्थलको नियमित स्थलगत अवलोकन गर्न, सुक्ष्म रूपले अध्ययन गर्न, त्यहाँका समस्या सुन्न, सुझाव दिन र तत्काल समाधान गर्न पनि निर्देशन दिएका छन् ।

“परियोजनामा सहज रुपले काम अघि बढाउन कुनै संघीय कानुन, प्रादेशिक कानुन वा मन्त्रिपरिषदको निर्णयको कारणले विलम्ब भएको छ भने त्यसमा सजग हुनुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “हामी स्थलगत अनुगमनमा गएपछि परियोजनामा केही न केही सकारात्मक परिवर्तन हुनुपर्दछ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro