site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संकटा सेमिफाइनलमा

चितवन । नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताका जावलाखेल क्लवविरुद्ध रोमाञ्चक जीत हात पार्दै संकटा क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा संकटाले जावलाखेललाई टाई-ब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्‍यो । निर्धारित समयमा दुवै टोली १–१ गोलमा रोकिएपछि गरिएको टाई–ब्रेकरमा जावलाखेलका विमल घिसिङको प्रहार संकटाका गोलरक्षक राजाबाबु थापाले रोकेपछि जावलाखेल उपाधि यात्राबाट बाहिर भएको हो ।

निर्धारित समयको खेलमा अधिकांश समय संकटाले नियन्त्रण कायम गरेको थियो । यसका लागि जर्सी नम्बर ९ का विश्वास श्रेष्ठले पहिलो हाफको १५ औं मिनेटमा गोल गरी १–० को अग्रता दिलाएका थिए । त्यसपछि पाएका कयौं मौका गुमाएको जावलाखेलले बराबरी गर्न इञ्जुरी समयसम्म कुर्नुपर्‍यो ।

जावलाखेलका लागि जर्सी नम्बर २१ का विमल घिसिङले इञ्जुरी समयमा गोल गरे ।

त्यसपछि गरिएको टाई–ब्रेकरमा संकटाका अमित तामाङ र जावलाखेलका विशाल तामाङको प्रहार विफल भएको थियो । जावलाखेलका विमल घिसिङको प्रहार रोकेका संकटाका गोलरक्षक राजाबाबु थापा म्यान अफ दी म्याच बने । उनले नगद १० हजार पुरस्कार पाए ।

आजको खेलसँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । अब संकटाले फाइनल प्रवेशका लागि नेपाल पुलिससँग खेल्नेछ । त्यसअघि बुधबारको पहिलो सेमिफाइनलमा नेपाल आर्मीले गृहटोली चितवन–११ को सामना गर्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सहआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro