site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तरुण दलमा बल्झियो विवाद, स्थापना दिवसमा अध्यक्ष र महासचिवका फरकफरक कार्यक्रम
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीबीचको द्वन्द्व फेरि चर्किएको छ । मातृ पार्टीले सञ्चालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको पूर्वसन्ध्यामा सुरु भएको अध्यक्ष बस्नेत र महासचिव शाहीबीचको द्वन्द्व तरुण दलको स्थापना दिवसको पूर्वसन्ध्यामा पुनः बल्झिएको हो । 

अध्यक्ष बस्नेतले तरुण दलको ६३ औं स्थापना दिवसको अवसर पारेर कात्तिक १० गते पार्टी कार्यालय सानेपामा ‘शुभकामना आदानप्रदान र चियापान कार्यक्रम’ तय गरेको एक दिनपछि महासचिव शाहीले उपत्यकास्तरीय भेला आयोजना गरेर स्थापना दिवस मनाउने घोषणा गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अध्यक्ष बस्नेतले कात्तिक २ गते मिति उल्लेख गरिएको विज्ञप्ति कात्तिक ४ गते सोमबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै ‘शुभकामना आदानप्रदान र चियापान कार्यक्रम’ का बारेमा सार्वजनिक गरेका हुन् भने महासचिव शाहीले मंगलबार मध्यान्ह फेसबुकमार्फत् नै कात्तिक १० गते नै उपत्यकास्तरीय भेला गरिने जानकारी दिएका हुन् । 

गत भदौ २८ गते एकअर्कालाई कारवाहीको घोषणा गरेका अध्यक्ष बस्नेत र महासचिव शाहीले तरुण दलको स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रम स्थल पनि एउटै तय गरेका छन् । बस्नेतले जारी गरेको विज्ञप्तिमा पार्टी केन्द्रीय कार्यालयमा चियापान समारोह आयोजना गरिने उल्लेख छ भने शाहीले पनि सोही दिन पार्टी केन्द्रीय कार्यालयमै भेला आयोजना गरिने बाह्रखरीलाई प्रतिक्रिया दिएका छन् । 

Global Ime bank

उनले वरिष्ठ नेता पौडेलको प्रमुख आतिथ्यता र महामन्त्री डा. शशांक कोइरालाको विशिष्ट आतिथ्यतामा आयोजना गरिने भेलाका लागि आफ्नो नेतृत्वमा सबै जिल्ला अध्यक्ष सहस्य रहेको एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको पनि दाबी गरे । उनले भेलामा नेताहरु प्रकाशमान सिंह, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुजाता कोइरालालाई अतिथिका रुपमा आमन्त्रण गरिने पनि बताए । 

महासचिव शाहीले संगठनका अध्यक्ष बस्नेतलाई आफूले कारवाही गरिसकेको र अहिले आफूले नै अध्यक्षको हैसियतमा संगठन चलाइरहेको पनि दाबी गरेका छन् । तपाईं संगठन अध्यक्षविरुद्ध समानान्तर रुपमा चल्न खोजेको हो ? भन्ने बाह्रखरीको प्रश्नमा महासचिव शाहीले भने, “अध्यक्षलाई मैले कारवाही गरिसकें । अध्यक्षको जिम्मेवारी पनि मैले नै समालिरा’को छु । यो संगठनको आधिकारिक कार्यक्रम हो ।” 

उनले सुरेश डंगोलको संयोजकत्वमा तरुण युवा परिचालन समिति र माधव सेढाईंको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरेर दलको स्थापना दिवसको अवसरमा आयोजना हुन लागेको उपत्यकास्तरीय भेलाको तयारी सुरु गरिएको पनि प्रतिक्रिया दिए । 

विवादको शृंखला

तरुण दल महासचिव शाही सदस्य पनि नरहने गरी  कारबाहीमा

तरुण दल विवादः अध्यक्ष कारवाही गर्ने, महासचिव फुकाउने

तरुण दल अध्यक्ष र महासचिवबीच वाकयुद्ध, महासचिवले गरे अध्यक्षको निर्णय खारेज

तरुण दल महासचिवलाई अध्यक्षको चेतावनी– पदीय जिम्मेवारीको परिधिमा रहनुस्

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !