site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तरुण दल महासचिवलाई अध्यक्षको चेतावनी– पदीय जिम्मेवारीको परिधिमा रहनुस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई पदीय जिम्मेवारीका बारेमा सचेत गराएका छन् । महासचिव शाही मनोमानी ढंगले समानान्तर रुपमा चल्न थालेको भन्दै अध्यक्ष बस्नेतले बुधबार दिउँसो विज्ञप्ति जारी गरेर पदीय जिम्मेवारीका बारेमा सचेत गराएका हुन् ।  

उनले शाहीलाई विज्ञप्तिमार्फत् भनेका छन्, ‘पदीय जिम्मेवारीको परिधिमा रहन र संगठनको हित विपरीत अशिष्ट व्यवहार र क्रियाकलाप नगर्न सचेत गराइन्छ ।’ अध्यक्ष बस्नेतले शाहीले पदीय दुरुपयोग गरेको ठहर गर्दै उनले गरेका निर्णयहरु अस्वीकृत गरेका छन् । 

महासचिव शाहीले सिन्धुपाल्चोकका उपाध्यक्ष सगुन श्रेष्ठमाथि गरिएको कारवाही फुकुवाको निर्णय अस्वीकृत गर्दै सप्तरीमा कसैलाई पनि जिल्ला अध्यक्षमा मनोनयन नगरिएको घोषणा गरेका हुन् । 

अध्यक्ष बस्नेतले बुधबार दिउँसो विज्ञप्ति जारी गरेर भनेका छन्, “महासचिव भुपेन्द्रजंग शाहीले आफ्नो पदीय काम, कर्तव्यविपरीत अनधिकृत रुपमा गरेको निर्णय अस्वीकृत गरिन्छ ।”

विज्ञप्तिमा तरुण दल सिन्धुपाल्चोकका तत्कालीन उपाध्यक्ष श्रेष्ठलाई संगठनबाट निष्कासन गरिएको कारवाही यथावत् रहेको उल्लेख छ । “नेपाल तरुण दल सप्तरीमा आजको मितिसम्म कसैलाई पनि जिल्ला अध्यक्ष मनोनयन नगरिएको विज्ञप्तिमा जनाइएको छ । 

यसअघि मंगलबार महासचिव शाहीले संगठनले कारवाही गरेका तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष श्रेष्ठको कारवाही फुकुवा गर्दै सीताप्रसाद यादवलाई सप्तरीको जिल्ला अध्यक्ष तोकेर पत्र पठाएका थिए ।

तरुण दल विवादः अध्यक्ष कारवाही गर्ने, महासचिव फुकाउने

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro