site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जावलाखेल क्वार्टरफाइनलमा

चितवन । नारायणगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताका ‘ए’ डिभिजन क्लब जावलाखेल फूटबल क्लब ललितपुर क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

युनाइटेड फूटबल क्लब र्दार्जिलङलाई ३-१ गोलअन्तरले पराजित गर्दै जावलाखेलले अघिल्लो चरण यात्रा तय गरेको हो । 

पहिलो हाफ गोलरहित बराबरीमा रोकेको दार्जिलिङले दोस्रो हाफको १७ औं मिनेटमा पहिलो गोल खायो । जावलाखेलका लागि जर्सी नम्बर १० का शक्ति राईले सुजीत बुढाथोकीको पासमा पहिलो गोल गरे । त्यसपछि झनै आक्रामक बनेको जावलाखेलका लागि दोस्रो गोल जर्सी नम्बर ७ का सुजीत बुढाथोकीले गरे । 

२–० ले पछि परेको युनाइटेड एफसी दार्जि्लिङका लागि जर्सी नम्बर २ का शुभम क्षेत्रीले दोस्रो हाफको ३८ औं मिनेटमा गोल गरे । जावलाखेलका लागि तेस्रो गोल इञ्जुरी समयमा सुजीतले नै गरे । दुई गोल र एक असिस्ट गरेका सुजीतले म्यान अफ दी म्याच बन्दै १० हजार पुरस्कार पाए । 

सेमीफाइनल प्रवेशका लागि अब जावलाखेलले अर्को ए डिभिजन क्लब संकटाको सामना गर्नेछ । 

प्रतियोगितामा पाँचौं दिन सोमबार नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् । आर्मी बाइ पाएको टिम हो भने एपीएफ झापा-११ लाई पराजित गर्दै अघि बढेको टिम हो । 

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro