site stats
बाह्रखरी :: Baahrakhari
देश
बढी भाडा लिने १० वटा सवारीमाथि कारवाही 

चितवन । चाडबाडको मौका छोपी तोकिएकोभन्दा बढी भाडा लिने १० वटा यात्रुबाहक सवारीमाथि चितवन ट्राफिकले कारवाही गरेको छ । 

यात्रुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले चेकजाँच गर्दा ती सवारीबाट ८४ जना यात्रुको भाडा लिइएको पाइएको हो । बुधबार बिहान मात्रै ट्राफिक प्रहरीले चितवनबाट काठमाडौं र पोखरा जाने सवारी साधनलाई रोकेर यात्रुसँग लिएको भाडाको बिषयमा सोधपुछ गरेको थियो । 

Argakhachi Cement Island Ad

ट्राफिक प्रहरीले ती सवारीसाधनबाट आठ हजार आठ सय ५० रुपैयाँ फिर्ता गरिएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरीले जानकारी दिए ।

ट्राफिक प्रहरीले पोखरा बसपार्क र पुलचोकमा चेकजाँच गरी बढी भाडा लिने ६ वडा गाडीबाट यात्रुको पाँच हजार र अस्थाई ट्राफिक प्रहरी पोष्ट आँपटारीले ४ वटा गाडीबाट ३४ जना यात्रुको  ३ हजार ८ सय ५० रुपैयाँ फिर्ता गराएको हो  ।

चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ५ ख ३१४९, बा ३ ख २३९५, बा २ ख ८३७१, बा २ ख ७०२०, बा २ ख ५०२५, बा ३ ख ७२४३ नम्बरको माइक्रोबाट बढी भाडा लिइएको रकम फिर्ता गराइएको छ । 

यस्तै काठमाडौंतर्फ नै गइरहेको ना १ ज ८०५० नम्बरको मिनी माइक्रो तथा पोखरातर्फ गइरहेको ग १ ख ९१९४, ग १ ख ७९८९ र बा १ ख ३५६७ नम्बरको बसबाट बढी भाडा लिइएको रकम फिर्ता गराइएको ट्राफिक प्रमुख गिरीले जानकारी दिए । ती सवारीको कागजपत्र लिएर आवश्यक कारवाही अगाडि बढाइने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०७६  १९:४०
प्रतिक्रिया दिनुहोस्