site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वैदेशिक प्रशिक्षणका लागि महिला भलिबल खेलाडी उत्साहित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार (भोलि) थाइल्याण्ड जाँदैछ । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप तथा घरेलु मैदानमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीका लागि महिला टोली थाइल्याण्ड जान लागेको हो । 

सन् २०१६ मा भारतमा सम्पन्न १२ औं सागपछि पहिलो पटक वैदेशिक भ्रमणमा जाने अवसर पाएका खेलाडी निकै उत्साहित छन् । वैदेशिक प्रशिक्षणसँगै मैत्रीपूर्ण खेलको सुनौलो अवसर पाएको बताउने खेलाडीहरु प्रदर्शन सुधार हुने दाबी गर्छन् । 

१२ औं सागयता महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएन । अन्तर्राष्ट्रिय प्रतियोगिता त टाढाको कुरा, एक स्थानमा एकजुट भइ प्रशिक्षण गर्ने मौका समेत पाएनन् । साढे ३ वर्षपछि एकैस्थानमा अभ्यास गर्ने मौका पाएका उनीहरु पाएको अवसर सदुपयोग गर्र्ने बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

टोलीकी महत्वपूर्ण सदस्य सरस्वती चौधरीको प्रशिक्षणले खेलाडीमा निखारता आउने विश्वास छ । उनी भन्छिन्, “हाम्रा लागि ठूलो अवसर हो । सबै खेलाडी उत्साहित छन् । उत्साहितसँगै आफ्नो प्रदर्शनबारे पनि गम्भीर छन् । मलाई आशा छ, वैदेशिक भ्रमणले खेलाडीमा प्रदर्शन सुधारसँगै आत्मविश्वास बढ्नेछ ।” त्यसो त सरस्वतीले वैदेशिक प्रशिक्षणमा सहभागिता नजनाएकी भने होइनन् । तर एकल भन्दा पनि टोलीसँग अभ्यास विशेष हुने उनको बुझाइ छ । 

युवा खेलाडी प्रतिभा माली एसियाकै उत्कृष्ट टोली थाइल्याण्डको कोर्टमा हुने खेल सबै खेलाडीका लागि विशेष रहेको बताउँछिन् । वैदेशिक अभ्याससँगै विदेशी प्रशिक्षकले दिने अभ्यासका लागि आफू उत्साहित रहेको प्रतिभाको भनाइ छ ।

Global Ime bank

“थाइल्याण्ड एसियामै भलिबलमा राम्रो टिम हो । उनीहरुको घरेलु मैदानमा खेल्ने अवसर छ । यताका प्रशिक्षण त छँदैछ उता केही नयाँ प्रशिक्षकहरुले पनि हामीलाई प्रशिक्षण दिनुहुनेछ । त्यसले गर्दा धेरै कुरामा सहयोग पुग्नेछ,” प्रतिभाले थपिन्, “त्यहाँ हामीले मैत्रीपूर्ण खेलहरु खेल्नेछौ । यसले फाइदा पुग्छ जस्तो लाग्छ, क्षमतामा निखार पनि आउनेछ ।”

टोलीकी अर्की खेलाडी अरुणा शाही नयाँ खेलाडीलाई आत्मविश्वास बढाउन भ्रमणले विशेष भूमिका खेल्ने बताउँछिन् । यतिमात्र नभई थाइल्याण्ड भ्रमणले महिला भलिबललाई एक उचाइमा पुर्याउने अरुणाको धारणा छ । 

उनी भन्छिन्, “तयारी गर्ने कुरामा पनि यहाँको भन्दा त्यहाँ धेरै फरक छ । खेल सामग्री पनि राम्रा छन् । विशेषत थाइल्याण्डमा हुने तयारीले नयाँ आएका खेलाडीहरुलाई धेरै फाइदा पुग्छ जस्तो लाग्छ । उनीहरुले पहिलो पटक नै अन्तर्राष्ट्रिय स्तरमा तयारी गर्ने अवसर पाएका छन् । हामीले पनि धेरै लामो समयपछि बाहिर तयारी गर्ने अवसर पाएका छौं । यसले महिला भलिबलमा धेरै फाइदा पुग्नेछ ।”

जगदिश भट्टको प्रशिक्षणमा रहेको टोलीले थाइल्याण्डमा करिब २२ दिन अभ्यास गर्नेछ । अभ्यासका साथै टोलीले ५ मैत्रीपूर्ण खेल खेल्नेछ । १८ खेलाडीसहित ३ प्रशिक्षक र १ व्यवस्थापक गरी २२ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ । 

नेपाल भलिबल संघको समन्वय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा जान लागेको टोलीको प्रशिक्षण व्यवस्थापन भने थाइल्यान्ड भलिबल संघले गर्नेछ । 

नेपाली टोली

प्रतिभा माली

सरस्वती चौधरी 

रेश्मा भण्डारी 

अरुणा शाही 

पुनम चन्द

शान्ति तामाङ

आरती सुवेदी

उषा विष्ट

जानकी भन्डारी

संगम महतो

सुनिता खड्का

सलिना श्रेष्ठ

कमला पुन

उषा भन्डारी

हिरा केसी

लक्ष्मी पुन

शान्ति थारु

निरुता ठगुन्ना 
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय