site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईसीसीले क्यानको निलम्बन फुकुवा गर्ला ?
SkywellSkywell

काठमाडौँ । करिब चार वर्षसम्म निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान)ले केही सयमअघि मात्र नयाँ नेतृत्व पायो । त्यसपछि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानमाथि लगाएको निलम्बन हट्ने सम्भावना जिवित हुन थाल्यो ।

आईसीसीले सन् २०१६ मा सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो । त्यसयता भएका विभिन्न घटना क्रमलाई बुझ्ने हो भने क्यानको निलम्बन फुकुवा हुने विभिन्न अवसरहरु आए । नेतृत्वको खटपट र क्रिकेट संघभित्रको राजनीतिले कुरा मिल्न करिब चार वर्ष लाग्यो ।

आईसीसीले लगाएको निलम्बन फुकुवा हुने पहिलो खुड्किलोको रुपमा रहेको क्यानको चुनाव काठमाडौंमा गत असोज १० र ११ सम्पन्न भायो । जसमा चतुरबहादुर चन्दले नेपाली क्रिकेटलाई नेतृत्व गर्ने अवसर पाए ।

KFC Island Ad
NIC Asia

उनले निर्वाचित भएको पहिलो दिनमा नै आईसीसीले क्यानलाई लगाएको निलम्वन फुकुवा गर्ने पहिलो योजना रहेको बताएका थिए । सोही अनुसार क्यान निलम्बन फुकुवालगायतका विषयहरुमा छलफल गर्न आईसीसीको बोर्ड बैठक आज आइतबार बस्दैछ ।

दुबईमा बस्ने बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने सम्भावना केही मात्रामा भएको क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेको बताउछन् । साथै उनले आईसीसीले खटाएको स्वतन्त्र कमिटिबाट नै चुनाव भएको कारण पनि फुकुवा हुने सम्भावना रहेको उनको बुझाई छ ।

Royal Enfield Island Ad

“चुनाव पारदर्शी ढंगले भएको आधारले मात्र हामीले क्यानको निलम्बन फुकुवा हुन्छ भन्न मिल्दैन् । आईसीसीले तोकेका सबै मापदण्ड अनुसार क्यान निर्वाचन र नयाँ संघ अगाडि बढेको छ भने निलम्बन फुकुवा हुन पनि सक्छ, यो सबै कुरा आईसीसीको हातमा छ,” पाण्डेले बाह्रखरीसँग भने ।

पाण्डे लामो समय क्यानको अध्यक्षको भूमिकामा थिए । उनी गत चुनावमा चतुरबहादुर चन्द नेतृत्वको टोलीसँग पराजित भएका थिए । लामो समय नेपाली क्रिकेटको अनुभव भएका उनले आईसीसीले क्यानको निलम्बन फुकुवा गर्ने र यदि आतइबार फुकुवा नभएमा क्यानलाई बाँकी आधारहरु पूरा गर्न निर्देशन दिने सम्भावना रहेको बताए ।

“आईसीसीले क्यानलाई तीन कुरामा चित्त नबुझ्दा निलम्बनमा पारेको थियो । पहिलो कुरा निर्वाचन पूर्णरुपमा भएन्, दोस्रो निर्वाचनमा पारदर्शीता भएन् र क्यानमा सरकारी हस्तक्षप भयो भन्दै निलम्बन गरेको हो । आईसीसीलाई यो सबै कुराबाट क्यान टाढा भएको टुंगो लगाएमा क्यानको फुकुवा हुन्छ । बाँकी कुरा अहिले नयाँ नेतृत्वले आईसीसीलाई कसरी समझदारीमा ल्याउछ भन्ने हो,” पाण्डेले भने ।

आईसीसीले क्यानको निलम्बन फुकुवा नगरे पनि केही निर्णयमा पुग्ने उनले बताए । आईसीसीले क्यानको निलम्बन फुकुवामा सहयोग पुर्‍याउने हेतुले सल्लाहाकार समिति गठन गरेर क्यानको नयाँ विधान तयार गरेको थियो । जस अनुसार क्यानले नयाँ नेतृत्व पाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro