site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिउँदे आगन्तुक चरा नेपाल आउने क्रम सुरू
SkywellSkywell

चितवन । आहारा र सुरक्षित बासस्थानको लागि हिउँदे आगन्तुक चरा नेपालमा आउन सुरू भएको छ । 

विशेषगरी सेप्टेम्बरको अन्तिमतिर साइबेरिया, मंगोलिया, तिब्बत र अष्ट्रेलियाबाट आहारा र सुरक्षित बासस्थानको लागि ती चरा नेपाल आउने गरेका छन । यो क्रम डिसेम्बरको अन्त्यसम्म जारी रहन्छ।  चितवनको राष्ट्रिय निकुञ्ज नेपालको प्रमुख सिमसार क्षेत्र- कोसीटप्पु, चितवन, बिसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीहरूमा आउने गरेको संरक्षणकर्मी बताउँछन । 

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदकुमार खड्का सेप्टेम्बरको अत्यबाट आगन्तुक चरा निकुञ्जका सिमसार क्षेत्र एवं नदी तटीय क्षेत्रहरुमा देखापरेको बताउँछन । उनका अनुसार आहाराको लागि र उपुयुक्त बासस्थानका लागि आगन्तुक चरा नेपाल आएका हुन । ‘एकत ती देशहरुमा हिउँ परेसँगै आहाराको अभाव र बासस्थानको अभाव हुन्छ उनले भने, यसका लागि नेपाल यतिबेला उपयुक्त वातावरण हो ।’

KFC Island Ad
NIC Asia

वर्षेनि करिब १ सय ५० देखि १सय ८० प्रजातिका हिउँदे आगन्तुक चरा उत्तरी मुलुकहरू रूस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको उनले बताए । 

जाडो छल्न आउने हिउँदे आगन्तुक चराहरूको अधिकांश  हाँस प्रजाति आउने गरेको वर्ड एजुकेसन सोसाइटीका पूर्व अध्यक्ष बासु विडारी बताउँछन । ‘विशेषगरी पानीमा आश्रित चराहरु निकुञ्ज आउने गर्दछन,’उनले भने, ‘गर्मी लागेसँगै उनीहरु फेरी फर्कन्छन ।’ 

Royal Enfield Island Ad

यी चराहरु ती देशबाट करीब ९ हजार ३ सय मिटरसम्म उचाई र तीन हजार किलोमिटर लामो दुरीबाट आउने गरेको उनले बताए । सिमसार क्षेत्रमा पाइने माछा,किरा, लेउ लगायतका आहारा उनीहरुको रोजाईमा पर्ने बिडारीको भनाई छ । 

१९८७ देखि वर्षेनि गरिँदै आएको सिमसारमा आश्रित चराहरूको गणना गर्दै आइएको छ । नेपाल पंक्षी संरक्षण संघका कार्यक्रम निर्देशक कृष्ण भूषाल पानी हाँस, खोया हाँस, कर्याङ्गकुरुङ्ग प्रजातिका चराहरु यतिबेला नेपाल आउने क्रम रहेको  बताउँछन ।  

गर्मीमा आउने चराहरु प्रजनन प्रक्रियाको लागि आउने गरे पनि हिउँदमा आउने चरा जाडो छल्न र आहारामा आउने गरेको उनको भनाई छ । कतिपय यी चराहरु बीचमा बास बस्दै आएपनि हाँस प्रजातिका चरा ती देशबाट एकैदिन नेपाल भित्रने गरेको उनले जानकारी दिए । गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि यी चराहरू सूर्य तथा तारा, नदी, भौगोलिक शृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गरेको उनले बताए । 

नेपालमा पाइने विश्वका दुर्लभ चराहरूमध्ये १३ प्रजातिका जलपंक्षी रहेका छन ।  नेपाल पक्षी संरक्षण संघका अनुसार संकटापन्न अवस्थामा रहेका १ सय ४९ प्रजातिका चरामध्ये ४० प्रजाति सिमसारमा आश्रित रहने गर्दछन । विश्वमा पाइने चराका ११ हजार १ सय २१ प्रजातिमध्ये करिब २२ सय २५ प्रजातिका चरा मौसम अनुसार बसाइँसराइ गर्ने गर्छन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro