site stats
बाह्रखरी :: Baahrakhari
देश
 नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्‍चालन

चितवन।  चितवन प्रहरीले चितवनमा बडादसैंको अवसरमा सर्वसाधारणको सहजताको लागी निशुल्क बस सेवा सञ्‍चालन गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार  चितवनका अधिकांश क्षेत्र समेट्ने गरी चारवटा बस निशुल्क  सञ्चालनमा ल्याइएको हो ।  

जसअनुसार पुल्चोक देखी लोथर –लोथर देखी पुल्चोक सम्म), पुल्चोक–चौबिसकोठी–गितानगर र फिर्ता सोही रुटमा), चौबिसकोठी–कल्याणपुर–रामपुर–शारदानगर–चनौली र फिर्ता सोही रुटमा)  र पुल्चोक–चौबिसकोठी–पारस बसपार्क–आपटारी–पुल्चोक–रिङ्गरोड क्षेत्रहरुमा रुट कायम गरिएको छ । 

Argakhachi Cement Island Ad

भरतपुर महानगरपालिका, जुनियर प्रहरी शिक्षालय र जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा  नागरिक सहजताको लागि आज असोज २१ गते निस्शुल्क बस सेवा सञ्‍चालन गरिएको प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोईरालाले जानकारी दिए  । 

आज सार्वजजिक गाडी कम चल्ने भएकाले र सामुदायिक प्रहरी साझेदारी अवधारणा अन्र्तगत उक्त सेवा दिइएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६  १५:३०
प्रतिक्रिया दिनुहोस्