site stats
बाह्रखरी :: Baahrakhari
देश
माइक्रोबस दुर्घटना, १४ यात्रु घाइते

चितवन । चितवनको इच्छाकामनामा माइक्रोबस दुर्घटना हुँदा १४ जना यात्रु  घाइते भएका छन् ।

मुग्लिङ नारयणगढ सडकखण्डमा नारायणगढबाट काठमाण्डौतर्फ जाँदै गरेको ना४ख १३२१ नम्बरको माईक्रो पिपलको रुखमा ठोक्किएर दुर्घटना हुँदा माइक्रोमा सवार १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Argakhachi Cement Island Ad

घाइतेमध्ये ९ जनाको अवस्था मध्यम रहेको छ भने ५ जनाको अवस्था सामान्य रहेको छ । 

उनीहरुको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । ईच्छाकामना ४ जलबिरेस्थित मुग्लिङ नारयणगढ सडकखण्डमा आफैँ अनियन्त्रित भई रुखमा ठोकिएको प्रहरीले जानाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०७६  १७:४३
प्रतिक्रिया दिनुहोस्