site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुल्झिएन चितवन मेडिकल कलेजको समस्या, विद्यार्थी पुनः आन्दोलनमा 

चितवन  । चितवन मेडिकल कलेजका विद्यार्थीहरु पुनः आन्दोलनमा उत्रिएका छन् । चितवन मेडिकल कलेजले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।  यसअघि जिल्ला प्रशासन कार्यालय भएको छलफलमा बढी शुल्कका विषयमा असोज १० गतेभित्र प्रतिवेदन तयार पार्ने सहमति भएको थियो ।

तर तोकिएको मितिभन्दा तीन दिन कटिसक्दा पनि कलेजले कुनै प्रतिवेदन तयार नभएकाले विद्यार्थीहरु थप आन्दोलित बनेका छन  । आन्दोलित विद्यार्थीहरु तथा उनीहरुका अभिभावकहरुले मंगलवार चितवन मेडिकल कलेज अगाडी विरोध सभा गरेका थिए । 

विद्यार्थीको नेतृत्व गरेका विप्लव चन्दका छोरा प्रकाश चन्दले पटक पटक प्रतिवेदन तयार गर्ने दबाब दिँदा पनि आलटाल गरेर अहिलेसम्म सार्वजनिक नगरेको बताए । अन्यायको विरुद्धमा फरक संर्घषका कार्यक्रम सञ्चालन गर्ने भन्दै उनले आन्दोलनलाई सार्थक तुल्याउने प्रतिबद्धता जनाए । 

सो अवसरमा नेतृत्वमा साथ दिने अर्की विद्यार्थी मान्यता थापाले संघर्षका कार्यक्रमलाई निष्कर्षमा पुरयाउने अठोट गरिन । आफ्नो आन्दोलन मेडिकल माफिया विरुद्ध रहेको भन्दै उनले मेडिकल क्षेत्रलाई सबै विद्यार्थीको पहुँचमा पुर्‍याउनुपर्ने जोड दिइन् । 

चितवन मेडिकल कलेजले पूर्वसहमति अनुसार विद्यार्थीहरुबाट लिएको रकमको पूरा विवरण नदिएको भन्दै विद्यार्थीहरुले आइतबार २४ घण्टे अल्टिमेटम दिएका थिए । सरकारले तोकेको भन्दा बढी रकम लिएको भन्दै आन्दोलित भएका विद्यार्थी र कलेजबीच जिल्ला प्रशासन कार्यालय चितवनको पहलमा सहमति भएको थियो । 

प्रशासनको पहलमा भएको सहमतिमा असोज १० गतेभित्र को-को विद्यार्थीबाट कति-कति रकम अतिरिक्त लिएको बारे यकिन रकम निकाल्न सात सदस्यीय कार्यदल गठन भएको थियो । कलेज प्रशासनले भने सबै ब्याचका विद्यार्थीको विवरण निकाल्न थप समय लाग्ने भन्दै आलटाल गरेको छ । यसैको विरोधमा उनीहरु पुनः आन्दोलनमा उत्रिएका हुन । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro