site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 ‘अधिकार कटौती हुँदा काम गर्न समस्या’ 
SkywellSkywell

चितवन । जिल्ला प्रशासनले गर्दै आएको कतिपय अधिकार कटौती हुँदा काम गर्न समस्या भएको बताएको छ । संघीय शासन लागु भए यता कार्यालयको काम कर्तव्य, अधिकार स्थानीय तहमा गएपछि प्रभावकारिता कम हुन गएको हो । 

बिहीबार कार्यालयमा आयोजित आर्थिक वर्ष २०७५-२०७६ को वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा सो विषयमा जानकारी दिइएको हो । उक्त अवसरमा बोल्दै जिल्ला प्रमुख अधिकारी जितेन्द्र सिंह बस्नेतले विपद व्यवस्थापन, बजार अनुगमन, न्यायिक सम्बन्धी विषय स्थानीय तहमा गएकोले प्रशासन कार्यालयको जिम्मेवारी कम भएको बताए । 

उनका अनुसार कार्यालयमा सुरक्षा र सेवाग्राहीको सेवा र प्रशासनिक सुधार बाहेक अन्य काम हुन नसकेको हो । "संघीय शासन लागु भएलगत्तै कतिपय अधिकार कटौती भएको छ," उनले भने, "कर्मचारी दरबन्दी कम भएसँगै प्रभावकारीतामा समेत असर परेको हो ।" 

KFC Island Ad
NIC Asia

विपद व्यवस्थापन, बजार अनुगमन, न्यायिक कार्य सम्पादनमा कार्यालयको समन्वयको भूमिका मात्र रहेको उनको भनाई छ । हाल कार्यालयले सेवाग्राहीको काममा केन्द्रित भएको जनाएको छ । जसअनुसार कार्यालयमा सूचनामैत्री डिजिटल बोर्ड, सबै कक्षमा सीसीटीभी जडान, स्तनपान कक्ष लगायतका कार्य सम्पन्न गरेको छ । यसैगरी आर्थिक पारदर्शीता कायम गर्न जिल्लाका यातायात व्यवस्था सेवा कार्यालय, मालपोत कार्यालयमा बैकिंङ प्रणाली लागु गरिएको बस्नेतले बताए । 

सुरक्षा सम्बन्धी विषयमा सतर्कता 

Royal Enfield Island Ad

जिल्लामा अपराध र दुर्घटनासम्बन्धी घटना बढी हुने भएकोले सुरक्षा सम्बन्धी विषयमा बढी सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय, चितवनले जनाएको छ । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले देशकै केन्द्रबिन्दु चितवन अपराधिक क्रियाकलापको हब बनेको र जिल्लामा ७९ किलोमिटर राजमार्ग रहेकोले विशेष सुरक्षा सतर्कता अपनाइएको बताए । 

यसका लागि प्रत्येक महिनामा एकपटक सुरक्षा समितिको बैठक बस्ने गरेको छ । "हामीले सुरक्षा निकायलगायत अन्य सरोकार निकायसँग प्रत्येक महिना बैठक बस्ने गरेका छौं,’ उनले भने । 

उनका अनुसार चितवन संवेदनशील जिल्ला भएको र भीआईपी, भीभीआईपीको आगमन बढी हुने भएकोले सुरक्षासम्बन्धी विषयमा बढी केन्द्रित हुनुपरेको हो । चाडबाड नजिकिएसँगै सुरक्षा संयन्त्रलाई बढी सक्रिय बनाइएको भन्दै उनले नागरिकको जीउधनको सुरक्षाको लागि प्रशासन सदैव चनाखो भएको उल्लेख गरे । 

मुग्लिन नारायणगढ सडक र राजमार्गमा हुने सवारी दुर्घटनालाई मध्यनजर गरी २४ सैं घण्टा तीन तहकै सुरक्षा संयन्त्रको आरआर टीमलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । 

कार्यक्रममा कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ईश्वर सिंखडाले गत आर्थिक बर्ष ०७५-०७६मा कार्यालयको वाषिैक प्रगति विवरण प्रस्तुत गरेका थिए । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro