site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा डेंगु संक्रमितको संख्या अहिलेसम्मकै उच्च
SkywellSkywell

चितवन । चितवनमा डेंगु संक्रमितको संख्या दैनिक बढिरहेको छ । यसमा सुधार आउन सकेको छैन भने नियन्त्रणका प्रयास पनि पर्याप्त छैनन् । डेंगु सक्रमण नियन्त्रण गर्न वडादेखि नगरसम्म जनचेतनाका कार्यक्रमलाई सक्रिय पारे पनि यसको प्रभावकारी शून्य छ । जिल्लाका सरकारी एवं नीजी अस्पतालका शैयामा डेंगु र भाइरल ज्वरोका बिरामीले भरीभराउ छन् ।

स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउनयता सोमबारसम्म चार हजार एक सय ४९ जनाको रगतको नमूना परीक्षण गर्दा एक हजार तीन सय ६५ जनामा डेंगु देखिएको छ । दैनिक ८० देखी ९० जनाले रगतको नमुना परीक्षण गर्ने गरेको उनले जानकारी दिए । कार्यालयको तथ्यांक अनुसार अनुसार यो संख्या हालसम्मकै उच्च हो ।  

KFC Island Ad
NIC Asia

आर्थिक वर्ष २०६७-०६८ मा तीन हजार दुई सय ९८ जनाको डेंगु परीक्षण गरिएकोमा सात सय ३९ जनामा संक्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७०-०७१ मा ३७१ जनामा डेंगुको संक्रमण देखिएको थियो । दुई हजार दुई सय ६१ जनाको परीक्षण गरिएकोमा सो संख्यामा डेंगु देखिएको हो ।

यस्तै आर्थिक वर्ष २०७३-०७४ मा दुई हजार पाँच सय ६२ जनामा परीक्षण गर्दा छ सय ८७ जनामा डेंगु फेला परेको थियो । उक्त आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो । त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१-०७२ मा एक सय १९, ०७२-०७३ मा ८५, ०६८-०६९ मा ६८, ०७४-०७५ मा ५९ जनामा डेंगु संक्रमण देखिएको थियो । 

Royal Enfield Island Ad

आर्थिक वर्ष २०६९-०७० मा ५२ जनामा डेंगु देखिएको थियो भने गत आर्थिक वर्षमा एक हजार नौ सय ५१ जनाको डेंगु परीक्षणमा ३१ जनामा देखिएको थियो । यस तथ्यांकलाई हेर्दा हरेक तीन-तीन वर्षमा संक्रमण बढेको देखिन्छ । जिल्लाका अन्य स्थानभन्दा भरतपुर महानगरपालिका भित्र डेंगु संक्रमितको संख्या उच्च रहेको उनले बताए । 

भरतपुरको वडा नम्बर १, २ र ३ मा डेंगु संक्रमितको संख्या उच्च रहेको केसीले जानकारी दिए । साउनयता मात्रै डेंगु र स्क्रबटाइफसबाट चितवनमा चार जनाको ज्यान गइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro