site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एक्रिलिक क्यानभास’मा किराती परिचय 
SkywellSkywell

काठमाडौं । ठूलो कोठाको एकपट्टिको सेतो भित्तामा सफ्ट तर विभिन्‍न रगंको प्रयोग गरी कोरिएका महिलाहरु र चराचुरुङ्गीहरुले भरिएका क्यानभासहरु छन् । त्यसकै छेउको अर्को सेतो भित्तामा पहिलेभन्दा पनि गाढा विविध रंगको प्रयोग गरी क्यानभासमा उतारिएका किराँत जातिको पहिचान झल्कने चित्रहरु । 

त्यो ठूलो कोठाको हरेक भित्तामा यस्तै विविध रंगले किरात जातीको पहिचान बोकेका विभिन्न मौलिक सामग्रीहरु (चिन्डो, गरगहना, विनायो इत्यादी) क्यानभासमा उतारेर सजाइएको छ । यो सुन्दर दृश्य बबरमहलस्थित नेपाल कलापरिषद्को भुइँतलाको दाँयापट्टिको कोठाको हो । 

किरात ललितकला समाजको अगुवाइमा साउन १८ देखि २४ गतेसम्म चल्ने ‘कमेमोरेटिभ पेन्टिङ एक्जिविसन २०१९’ सुरू भएको हो । किरात ललितकला समाजकै पूर्व अध्यक्ष स्व. सन्तकुमार राई र सचिव स्व. अर्जुन खालिङको सम्झनामा यो प्रदर्शनीको आयोजना गरिएको जनाइएको छ ।

KFC Island Ad
NIC Asia

किरात जातिको इतिहाससँग सम्बन्धित विषयमा केन्द्रित भएर चित्रकलाको पुरानो माध्यम वाटर कलरदेखि एक्रिलिक र मल्टिमिडियासम्मको प्रयोग गरी किरात जातीको पहिचान दर्शाउने र आम महिलाको पारम्पारिक भूमिका, रंग र ब्रसको प्रयोगमार्फत देखाउन खोजिएको छ ।

संस्थापक सदस्यमध्येकै एक रतन कुमार राईका अनुसार किरात जातीको पहिचानको इतिहास लिखित नभएकोले यसको लिखित 'अर्काइभ' को लागि पनि यो प्रदर्शनी गरेको बताउछन् । किरात जातीको पहिचान बोलीमा मात्रै नभई अन्य माध्यममा पनि छ भन्‍ने विषय उजागर गर्न प्रदर्शनी गरिएको हो ।

Royal Enfield Island Ad

“हामी धेरै पुरानो जाती तर हामीसँग धेरै प्रमाणहरु रहेनन् । हाम्रो संस्कृति भनेको मुन्धुम र शास्त्र जुन बोलीमा मात्रै एकबाट अर्को पिँढिमा हस्तान्तरण गरेर शतप्रतिशत रुपमा त्यसलाई ग्रहण गर्न नसकेकोले संस्कृति हराउँदै गएको छ । यसैकारण हामीले अब चित्रमार्फत नयाँ पिँढीमा आफनो संस्कृति रहनसहन हस्तान्तरण गर्ने उद्देश्यले पनि यो प्रदर्शनीको थालनी गरेका हौं,”उनले भने ।

प्रदर्शनीमा स्व. सन्तकुमार राईका १० वटा र स्व. अर्जुन खालिङको पाँचवटा तथा अन्य किरात जातीका चित्रकलाका विद्यार्थीहरुको २७ वटा गरी जम्मा ४२ वटा पेन्टिङहरु प्रदर्शनीमा राखिएको छ । सन्त कुमार राईको चित्रहरु महिला केन्द्रित छन् । जसमा महिला र चराचुरुङ्गीलाई समेटेर महिलालाई यो समाजले दिने पुरात्तविक भूमिकालाई देखाउन खोजिएको छ । महिलाहरुको विभिन्न भूमिका छोरी, आमा, बुहारी दिदी-बहिनी सबै भूमिकामा पनि कसरी महिलाको जीवनको चित्रण गरिएको छ । 

उनले बनाएको उक्त चित्रमा साधारण सफ्ट कलरको प्रयोग गरी महिलाको कोमलता र नाजुकतालाई चित्रण गरिएको छ । यसैगरी स्व. अर्जुन खालिङले बनाएका चित्रहरुमा भने किराती जातिको संस्कृति झल्कने सामाग्रीहरू र परिवेश देख्न सकिन्छ । 

किरातको आध्यात्मिक डाक्टर अर्थात आम भाषामा धाँमिर किराती भाषामा मुन्धुमीलाई क्यानभासमा उतारेका छन् सन्तोष राईले । राईले एक मुन्धुमीलाई राम्रो सजिएको कुर्सीमा राखेका छन् । र एक वच्चा उसको छेउमा बामे सरिरहेको देखाउन खोजिएको छ भने पछाडी एक आमा आफना सन्तालाई काखमा च्यापेर बसेकी छिन् । 

कसरी गाउँघरतिर हरेक महिलाहरु आफनो वच्चाको स्वास्थ्य अवस्थामा खराबी आयो भने मुन्धुमिकोमा गएर अध्यात्मिक र आर्युवेदिक उपचार गराउछन् भनेर देखाउन खोजिएको छ । राईका अनुसार पहिला मुन्धुमीहरु नितान्त समाजसेवाको रुपमा आफनो जन्मजात कलालाई आफनो समाजका व्यक्तिहरुको स्वास्थ लाभको लागि काम गर्थे । तर नयाँ पुस्ताहरुले यसको आर्थिक पक्ष बलियो नदेखेपछि यसलाई ग्रहण नगरेकोले मुन्धुमीहरु हराउँदै गएको आयोजकले बताएको छ । 

“यसैकारण जसरी डाक्टररुको एउटा लेबल हुन्छ र आर्थिक सामाजिक हरेक रुपमा सुरुक्षित महसुस गरिन्छ । ठिक त्यसैगरि मुन्धुमीले गर्दा पनि यी सबै कुराको सुरक्षा भएमा आगामी पिँढीले पनि विना हिचकिचाहट यो पेशालाई पनि अपनाउन सकोस भनेर मैले कुर्सीमा राखेर पहिलो पहिचान र कामको कदर गर्न खोजेको छु” सन्तोषले भने ।

एक महिलाको जिउमात्रै देखाई अनुहार र टाउकोमा सुन्दर फूलहरु कोरेर उसको सकारात्मक मानसिकता चित्रमार्फत प्रस्तुत गरेका छन्, चित्रकार विजया लावतीले । विजयाले राति अबेर सम्म ब्युँझेर बस्दा दिमागमा आउने विभिन्न सकारात्मक र नकारात्मक विचारमध्ये सकारत्मक विचार मात्रै ब्रह्मकमल फूल र सुन्दर रातकी रानीको फूललाई क्यानभासमा उतारेकी छन् । किराती भनेको प्रकृतिको नजिक भएर पनि फुलको प्रयोग गरेको उनी बताउछिन् ।

चित्रकलाकै किराती विद्यार्थीहरुद्वारा आफनो जाती, संस्कृति झल्कने पोशाक र गरगहनाहरुले सजिएका महिलालाई पनि क्यानभासमा उतारिएको छ । किरातीहरु महिलालाई भगवान मान्ने र प्रकृति पुजा गर्ने अर्थात भुगोलसँग नजिक भएको देखाउन ठूलो डालोमा माटो राखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro