site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उच्च अदालत पोखराका तीन न्यायाधीशमाथि कारबाही गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालत पोखराका तीन जना न्यायाधीशविरुद्ध प्रादेशिक क्षेत्राधिकार मिचेर मुद्दाको सुनुवाई गरेको भन्दै अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन आदेश गरेको छ । आन्तरिक राजश्व कार्यालयले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलाशले प्रादेशिक क्षेत्राधिकार मिचेर मुद्दाको सुनुवाई गरेको भन्दै यस्तो आदेश गरेको हो ।

कारबाहीमा पर्नेमा उच्च अदालत पोखराका न्यायाधीशहरुमा जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादव छन् । सर्वोच्चले उच्च अदालत पोखराबाट जारी भएको आदेश कार्यान्वयन नगर्न आदेश गर्दै उच्च अदालतको सो आदेशको प्रतिलिपि झिकाउन पनि आदेशमा भनिएको छ । उच्च अदालतले चितवनको भरतपुरस्थित आन्तरिक राजश्व कार्यालयका नाउमा अन्तरिम आदेश जारी गरेको थियो । सो अन्तरिम आदेशविरुद्ध कार्यालय सर्वोच्च अदालत आइपुगेको थियो ।

क्षेत्राधिकार मिचेर गम्भीर त्रुटी भएको भन्दै सर्वोच्चमा रिट परेपछि क्षेत्राधिकार मिचेर गरेको आदेश स्वतः बदर हुने भन्दै सो आदेश गर्ने न्यायाधीशहरुमाथी अनुसन्धान गरि कारबाही अघि बढाउन न्यायपरिषद्मा पठाउने आदेश भएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बाह्रखरीलाई बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  १८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro