site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगारीमा ठगी मुद्दाको चाङ, साढे ५३ करोड बढी ठगिएको उजुरी
SkywellSkywell

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा भएका ठगी र बदमासीसँग सम्बन्धित ३७४ मुद्दा फछ्र्योट भएको छ । वैदेशिक रोजगार न्यायाधीकरणले अघिल्लो आर्थिक वर्ष ०७५–०७६ मा सो परिमाणमा मुद्दा फछ्र्योट गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा भन्दा यो फछ्र्योट दर बढी हो । वैदेशिक रोजगार न्यायाधीकरणले आर्थिक वर्ष ०७४–०७५ मा ३ सय २५ थान मुद्दाको फैसला गरेको थियो ।

KFC Island Ad
NIC Asia

योसँगै अब २ सय ३ थान मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन छन् । आर्थिक वर्ष ०७५÷०७६ मा मात्र न्यायाधिकरणमा २ सय ५९ थान मुद्दा दर्ता भएका थिए । अघिल्लो वर्षहरुबाट जिम्मेवारी सरेर आएका ३ सय १८ थान गरी कूल ५ सय ७७ थान मुद्दा थिए । जसमध्ये अब वैदेशिक रोजगार न्यायाधीकरणमा २ सय ३ थान मुद्दा बाँकी छन् ।

न्यायाधीकरणका सूचना अधिकारी हेमराज शर्माका अनुसार न्यायाधिकरणमा २ वर्षभन्दा पुराना मुद्दा धेरै फछ्र्योट भइसकेको छ । ६ थान मुद्दामात्र २ वर्ष पुराना बाँकी छन् । पछिल्लो ६ महिनामा मात्र १ सय ४१ थान मुद्दा दर्ता भएका थिए । न्यायाधिकरणमा ७० थान थुनुवा मुद्दा छन् । वैदेशिक रोजगारीमा लैजाने भन्दै विभिन्न माध्यमबाट ठगिएपछि पीडितहरु न्यायाधीकरण पुग्ने गर्छन् । न्यायाधीकरणले वैदेशिक रोजगारीसँग सम्बन्धित मुद्दा मात्र हेर्ने गर्छ । अहिले न्यायाधीश सत्यराज आचार्य अध्यक्ष, रमादेवी पराजुली र रामेश्वर रेग्मी सदस्य रहेको न्यायाधीकरण छ ।

Royal Enfield Island Ad

साढे ५३ करोड बढी ठगीको उजुरी
वैदेशिक रोजगारीका क्रममा हुने ठगीको चाङ वैदेशिक रोजगार विभागमा पनि उस्तै छ ।  विभागमा असार मसान्तसम्ममा ७ सय ७६ थान उजुरी परेका छन् । असार महिनामा मात्र ५५ उजुरी परेका छन् । वैदेशिक रोजगारीमा पठाउँछु भन्दै ठगी भएको भन्दै हाल विभागमा ७ सय ७६ थान उजुरी छन् । यसरी परेका उजुरीमा ५३ करोड ६७ लाख २८ हजार ६ सय ८४ रुपैयाँको माग दाबी गरिएको विभागले जनाएको छ ।

असार महिनामा परेको ५५ थान उजुरीमा मात्र ४ करोड ३८ लाख ८८ हजार ५० रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको थियो । विभागले दायर गरेका १ सय ८६ थान मुद्दा अदालतमा विचाराधीन छन् । सो मुद्दामा विगो, हर्जना बापत २२ करोड ५६ लाख ९३ हजार ३ सय ७१ रुपैयाँ माग दाबी गरिएको विभागको उजुरी तथा अनुसन्धान शाखाले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro