देश
काठमाडौं । अर्धाखाँचीको सन्धीखर्कमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । कपिलवस्तुबाट सन्धीखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको यात्रुवाहक जीप सन्धीखर्क नगरपालिका–७ सुपा देउराली मन्दिरभन्दा २ सय मिटर पर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश विष्टका अनुसार जीप भीरबाट ३ सय मिटर तल खसेको छ ।
दुर्घटनामा चालक अर्घाखाँची भूमिकास्थानका सुमन भुसाल र अर्घाखाँचीकै रुद्रप्रसाद धितालको उपचारका क्रममा अस्पतालमा ज्यान गएको छ । अर्का एकजनाको सनाखत हुन सकेको छैन ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६ १२:५१
प्रतिक्रिया दिनुहोस्