site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूचना–प्रविधि विधेयक छिटो पारित गर्न संसदीय समितिलाई मन्त्रीको दबाब

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दबाब दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले संघीय संसद्को विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सो विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दबाब दिएका हुन् । 

उनले सरोकार नै नभएको सो विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै आपत्ति पनि जनाए । समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन् हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ । मन्त्री बास्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गरे । उनले दुई महिना लगाएर छलफल गर्दा पनि सो विधेयकलाई टुंगोमा पुर्याउन नसकेको भन्दै समितिप्रति असन्तुष्टि पनि व्यक्त गरे । 

“सहमतिको नाममा सो विधेयक छलफल गरिएको दुई महिना बित्दा पनि पारित हुन नसक्नु राम्रो कुरा होइन,” मन्त्री बास्कोटाको भनाइ थियो, “गलत चीजहरु छन् भने त्यसमा पनि काफी छलफल गरिएको छ । विज्ञहरुसँग समेत छलफल गरिएको सो विधयेक पारित गर्न ढिलाइ गरिनु हुन्न ।” मन्त्री बास्कोटाले सामाजिक सञ्जालका कारण पीडितहरुको संख्या बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारे । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro