site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संगठन विभाग पाउलान् त वामदेव गौतमले ?
SkywellSkywell

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठन विभागमा वामदेव गौतमको सम्भावना बढेको छ । अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाललेसमेत सहमति जनाएपछि वामदेवको सम्भावना बढेर गएको हो । स्रोतका अनुसार नेता नेपालले वामदेवलाई नै प्रस्ताव गरेका छन् । नेकपाको नौ सदस्यीय सचिवालयमा संगठन विभागमा चार आकांक्षी छन् । वामदेव गौतमका अतिरिक्त महासचिव विष्णु पौडेल, सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलले संगठन विभागमै आँखा लगाएका छन् ।

अध्यक्ष ओली बादललाई संगठन विभाग प्रमुख बनाउने पक्षमा छन् । पोखरेल र पौडेलका पक्षमा नेताहरू खुलेका छैनन् । तर, वामदेवलाई अर्का अध्यक्ष प्रचण्ड र नेता नेपालले ‘ग्रिन सिग्नल’ दिएको स्रोतको दाबी छ । यद्यपि मंगलबार बस्ने सचिवालयको बैठकले विभागको टुंगो लगाउने बताइएको छ । यसअघि सोमबारै कार्यविभाजन टुंग्याउने भनिए पनि नेताहरूबीच सहमति नजुटेपछि अन्तिम समयमा स्थगित भएको थियो ।

वामदेव पार्टी एकतायता महत्त्वपूर्ण भूमिकामा छैनन् । चुनाव हारेकाले चारवर्ष राजकीय जिम्मेवारी पनि पाउने छैनन् । पार्टीमा कुनै भूमिका नदिइएको भन्दै उनले नेतृत्वविरुद्ध असन्तुष्टि पनि प्रकट गर्दै आएका छन् । संगठन विभाग दिएर असन्तुष्टि व्यवस्थापन पर्ने पक्षमा छन्, नेपाल ।

KFC Island Ad
NIC Asia

‘प्रतिष्ठाको विषय बनाइयो’

साविक एमालेको संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ थिए । माओवादी केन्द्रको संगठन विभागको कमाण्ड बादलले सम्हाल्दै आएका थिए । तर एकीकृत पार्टीलाई संगठन विभाग टुंग्याउन हम्मेहम्मे परेको छ । पार्टी अध्यक्षद्वय ओली–प्रचण्ड र सचिवालयका नेताहरू पटकपटक छलफलमा बसे पनि टुंगिन नसकेको नेताहरू बताउँछन् ।

Royal Enfield Island Ad

“संगठन विभाग प्रमुख त्यस्तो महत्त्वपूर्ण पद होइन । तर, प्रतिष्ठाको विषय बनाइएकाले टुंग्याउन गाह्रो भयो,” नेकपाका एक नेता बताउँछन् । गृहमन्त्री र रक्षामन्त्रीजस्तो महत्त्वपूर्ण जिम्मेवारीमा रहेका रामबहादुर थापा बादल र ईश्वर पोखरेलले समेत दाबी गरेपछि सकस परेको हो ।

एमालेमा को–को भए संगठन विभाग प्रमुख ?

२०४९ सालको पाँचौँ महाधिवेशनले पार्टी महासचिवमा मदन भण्डारी चयन गर्‍यो । ततपश्चात संगठन विभाग प्रमुख जीवराज आश्रित चुनिएका थिए । तर, २०५० सालमा मदन, आश्रित दुवै रहस्मय दुर्घटनामा परेपछि माधव नेपाल महासचिव भए, र संगठन विभाग प्रमुख वामदेव गौतम चुनिए । ०५१ सालमा पार्टी सरकारमा गएपछि कार्यवाहक महासचिवको जिम्मेवारी गौतमको काँधमा आयो । र, संगठन विभाग प्रमुख चुनिए– विष्णु पौडेल ।

२०५४ सालको पार्टी विभाजन पछि अमृत बोहोरा संगठन विभाग प्रमुख चुनिए । ०५९ सालको सातौँ महाधिवेशनपछि ईश्वर पोखरेल पार्टी संगठन विभाग प्रमुख चुनिएका थिए । ०६१ असारमा एमाले देउवा नेतृत्वको सरकारका सहभागी भएपछि संगठन विभागको जिम्मेवारी पुनः पौडेलको काँधमा आयो । २०६५ फागुनमा सम्पन्न बुटवल महाधिवेशनपछि युवराज ज्ञवाली संगठन विभाग प्रमुख भए ।

२०७१ साउनमा सकिएको नवौँ महाधिवेशनपछि भने पृथ्वीसुब्बा गुरुङ संगठन विभाग प्रमुख थिए । कमिटी र पार्टी सदस्यहरूको लगत राख्ने र आधारतभूत तहका पार्टी कमिटीसँग सीधा सम्बन्ध काय हुने हुनाले कम्युनिस्ट पार्टीमा संगठन विभागको विशेष महत्त्व रहन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro