site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओलीसँग रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच भेटघाट भएको छ । बुधबार उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  भेट भएको हो ।

विश्वकप विजेता कार्लाेस नेपाल सुरपल लिग (एनएसएल)को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका हुन् ।

प्रधानमन्त्री ओलीले कार्लाेसको आगमनले नेपालका खेलाडी र युवालाई उत्साह मिलेको बताए । उनले नेपाल र ब्राजिलबीच राम्रो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गरे । दुवै देशको खेल क्षेत्रले एकार्कामा सिकाइ आदानप्रदान गर्नुपर्ने ओलीको भनाए छ ।

प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई माउन्टेन फ्लाइट र जंगल सफारी गर्ने योजनासहित पुनः नेपाल भ्रमणमा आउन आग्रह गरेका छन् ।

आफूलाई स्वागत गरिएकामा आभार व्यक्त गर्दै कार्लाेसले नेपालका प्रधानमन्त्री, युवा र खेलाडीसँग भेट्न पाउँदा खुसी लागेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro