site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्मचारीलाई गगन थापाको आग्रह– आन्दोलन गरेर वातावरण नबिगार्नुहोस्
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले तत्काल आन्दोलन नथाल्न कर्मचारीलाई आग्रह गरेका छन् ।

निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्नुपर्ने माग राखेर आन्दोलनको तयारी गरेका छन् । विधेयकबारे हाल राज्य व्यवस्था समितिमा छलफल चलिरहेको छ ।

बुधबार समितिको बैठकमा सांसद थापाले विधेयक अघि बढाउन दबाब दिन तर वातावरण बिगार्ने निर्णय नलिन आग्रह गरेका हुन् ।

“हामी बस्दै गर्दा आन्दोलनको घोषणाका कुरा आएका छन्, त्यसलाई रोक्न आग्रह गर्छु । पुनर्विचार गर्न पनि आग्रह गर्छु,” थापाले भने, “यो स्टेट (देश) भनेको सबैले मिलेर चलाउने हो ।”

उनले अगाडि भने, “सबै सरोकारवालाले यसलाई मद्दत गर्नुपर्छ, आज टुंग्याउने भन्ने थियो । तर, छलफल गर्दै गर्दा केही समय लागेको हो । प्रक्रियाको ‘फर्म्याट’का हिसाबले ठिक हो । उपसमितिको प्रतिवेदन ल्याउने र छलफल अघि बढाउने हो । व्यक्तिगतरूपमा र कतिपय कुरामा दलगतरूपमा पनि हेर्छौं । त्यस बेलासम्म वातावरण राम्रो बनिराखेको छ । वातावरण बिग्रिन नदिन म आग्रह गर्छु ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro