site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
औषधी किन्दा खोल छ, ट्याब्लेट छैन

काठमाडौं । स्वास्थ्यजस्तो एकदमै संवेदनशील क्षेत्रमा पनि पटक–पटक लापरबाही र विभिन्न कारण उपभोक्ताहरु ठगिने गरेका छन् । यस्तै केही दिनअघि एक बिरामीलाई त्रिवि शिक्षण (टिचिङ) अस्पतालको फार्मेसीले औषधी किन्दा त्यसभित्र ट्याब्लेट नभएको खाली खोलमात्र थमाएको छ । साँगास्थित क्युरेक्स फर्मास्युटिकल्स प्रालीको एमोक्सिलिन एन्ड क्यालभुलनेट पाटासियम ट्याबलेट्स यूएसपी नामक एन्टिबायोटिक औषधीको खाली खोल बिक्री गरेको पाइएको हो । 

तीन वर्ष पहिले कञ्चनपुरका नविन धामी मोटरसाइकल दुर्घटना परे । उनको अनुहारमा र आँखामा घाउ भएको थियो । उनको अनुहारको घाउ निको भयो तर एउटा आँखा गुमाउनुप¥यो । अहिले उनको त्यही अनुहारको घाउ बल्झिएपछि पुनः अनुहारको अपरेसन गर्न त्रिवि शिक्षण अस्पताल आए । उनको वैशाख अन्तिम साता अपरेसन भयो । उनले वैशाख २९ गते उक्त अस्पतालको फार्मेसीमा किनेको सो औषधीको ट्याब्लेट खाली भेटिएको हो । 

उनलाई चिकित्सकले उक्त एन्टिबायोटिक औषधी लेखिदिएका थिए । तर औषधी खाने समयमा उक्त औषधी हेर्दा खोल मात्र भएको थाहा भएको बिरामी धामीले बाह्रखरीसँग बताए ।

सोही फार्मेसीकी इन्चार्ज सुनिता रञ्जितले बिल र औषधी लिएर आए अर्को औषधी दिने बताइन् । उनले भनिन्, “अहिले फोनमा केही बोल्न मिल्दैन ।”

स्रोतले भन्यो, “बिक्रेता र कम्पनीको प्याकेजिङमा हेलचेक्र्याइँ गर्दा यस्तो समस्या आएको हो । यस्ता समस्याबाट अस्पतालको फामेर्सीबाट औषधी किन्ने धेरै बिरामीहरु मारमा परेका छन् ।”

औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले औषधी वितरण गर्दा राम्रोसँग हेरेर बिक्री वितरण गनुपर्ने  बताए । 

सोही कम्पनीका औषधी वितरक कृष्ण राउतले औषधी खाली मात्र हुनु नपर्ने जिकिर गरे । उनले भने, “यो प्याकेजिङमा समस्या आएर खोल मात्र भएर ट्याब्लेट नभएको हो कि बुझ्छु ।”

त्यसैगरी उपभोक्ता संरक्षण ऐन २०७५ को परिपेक्षण ६ को उपदफा १ को ‘ख’ मा उत्पादकले उत्पादन गरेको औषधी, खाद्य पदार्थ र सौन्दर्य सामग्री जस्ता वस्तुमा त्यस्ता वस्तुको मिश्रण, त्यसको तत्व, परिमाण र तौल ध्यान दिनुपर्ने उल्लेख छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro