site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जबज संकटमा, प्रचण्ड भन्छन्– बाइबल-कुरान नबनाऔँ !

काठमाडौं । पार्टी एकताको एक वर्ष पूरा नहुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा वैचारिक संघर्ष चुलिएको छ । रहस्यमय दासढुंगा दुर्घटनामा ज्यान गुमाएका तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवसका दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बहुदलीय जनवाद दोहोर्‍याएर बसिरहन नहुने र अघि बढ्नुपर्ने तर्क गरेपछि नेकपाभित्र भण्डारीको विचार संकटासन्न अवस्थामा पुगेको होे ।

“मार्क्सवादलाई जीवित आत्मा पनि भनिन्छ । त्यसैलाई मध्यनजर गरेर मदन भण्डारीले विकास गर्नुभएको विचारलाई अझ परिमार्जन गर्ने, नयाँ परिस्थिति अनुसार त्यसलाई विकसित गर्ने र अहिलेका चुनौती सामना गर्नेगरी, त्यसलाई अघि बढाउने कि ?,” उनको प्रश्न थियो, “जे कुरा मदन भण्डारीले गर्नुभएन हामी त्यही गरेर बस्ने ?”

उनको तर्क थियो– मदन भण्डारीले अहिलेका जबजमार्गीले झैँ पुरानो कुरा दोहो¥याएर बसेको भए जनताको बहुदलीय जनवाद प्रतिपादन हुँदैनथ्यो ।

अहिले पनि नेपाली कम्युनिस्ट आन्दोलनमा केही त्यस्ता पुराना पिँढीका केही नेता भएको सन्दर्भ कोट्याउँदै प्रचण्डले भने, “२००६ सालमा पुष्पलाल श्रेष्ठले जे कुरा भन्नुभएको थियो, त्यो कुरा अहिले पनि भनिराख्नुभएको छ । मलाइ लाग्छ– उहाँहरूले बाँचुञ्जेल भनिराख्नुहुन्छ । तर, क्रान्तिका लागि समाजका लागि एउटा सिन्को पनि उहाँहरूले योगदान गर्न सक्नुभएको छैन ।”

तर, मदन भण्डारीले छोटै उमेरमा आँधीहुरी ल्याएर आँधीहुरीजस्तै गरी गएको प्रचण्डले स्मरण गरे । नेकपाको पार्टी आन्दोलन नयाँ ठाउँमा आइपुगेको उनले बताए । परिवर्तित सन्दर्भमा आइपरेका चुनौती सामना गर्ने विचारको विकास गर्ने आँट गर्ने कि, राजनीतिक, रणनीतिलाई अझ विकास गर्ने कि, गरेर जाने कि ? पुरानै (जनताको बहुदलीय जनवाद) दोहोर्‍याइरने ? भन्ने ठाउँमा आइपुगेको उनको भनाइ छ ।

उनले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्दा दुई विचार र राजनीतिक दृष्टिकोणबाट केही फरक गर्ने जमर्को गरेको बताए । साविक एमालेले अवलम्बन गर्दै आइरहेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रले विकसित गरेको २१ औंँ शताव्दीको जनवादका अनुभवाबाट शिक्षा लिँदै कम्युनिस्ट आन्दोलन नयाँ कोर्षमा अघि बढेको उनको निचोड थियो ।

राजतन्त्रबाट गणतन्त्र, एकात्मकबाट संघीयतामा, धर्म सापेक्षबाट धर्म निरपेक्षतामा, समावेशी सहितको राज्यप्रणालीमा प्रवृष्ट भइसकेकाले विगतका हाम्रा ती प्रयोगबाट प्राप्त भएका शिक्षा नयाँ ढंगले संश्लेषित गर्ने र नयाँ ढंगले अघि बढाउने आँट नगरेको भए, मदन भण्डारीले झैँ नयाँ कदमको साहस नदेखाएको भए पार्टी एकता सम्भव नहुने ठोकुवा उनले गरे ।

उनले विचार र राजनीतिक दृष्टिकोण ‘डग्मा र प्राग्मा’झैँ बुझेको भए जडता र संकिर्णतामा मात्रै कैद गरेको भए तत्कालीन नेकपा (माओवादी)को विकास नेकपासम्ममा नआइपुग्ने र एमाले एकीकरणको प्रक्रियामा समाहित नहुने भन्दै जबजको विकास र परिमार्जनमा जोड दिए ।

“मदन भण्डारीको काम गर्ने तौरतरिका, राजनीतिक दृष्टिकोणलाई जडताको रूपमा होइन, बाइबल–कुरानका रूपमा होइन, पथप्रदर्शन, शिक्षा र परिस्थितिअनुसार अघि बढ्ने आँटका रूपमा बुझ्नुपर्छ । त्यस्तो पार्टीले मात्रै जनताको नेतृत्व गर्न सक्छ । त्यस्ता नेताले मात्रै आन्दोलनको नेतृत्व गर्न सक्छन्,” उनले भने ।

मदन भण्डारीको त्यही विचार र दृष्टिकोणलाई पछ्याउँदै पार्टी एकताको दिशा हुँदै समाजवादको दिशा तय गरेको उनको भनाइ थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro