site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी कथा
Global Ime bankGlobal Ime bank
डिसहोम १२खरी कथा प्रतियोगितामा बिना तामाङ प्रथम
SkywellSkywell

काठमाडौं । १२खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा बिना थिङ तामाङ प्रथम भएकी छन् । उनको ‘ब्याड भाले’ शीर्षकको कथा प्रथम हुन सफल भएको हो । 

प्रतियोगितामा लक्ष्मण वियोगी दोस्रो भएका छन् । उनको ‘टाउको’ शीर्षकको कथाले दोस्रो स्थान ओगटेको हो । त्यसैगरी सुमित्रा न्यौपाने तेस्रो भएकी छन् । उनको कथाको शीर्षक ‘बार्दली’ रहेको छ । प्रथम, द्वितीय, तृतीयले क्रमशः एक लाख, साठी हजार र चालीस हजार रुपैयाँ नगदसहित सिल्ड र प्रमाणपत्र पाएका छन् । 

प्रथम पुरस्कार प्राप्त गर्ने कथाकार बिना थिङ तामाङलाई प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्रफी प्रदान गरे भने डिश होमका अध्यक्ष हेमराज ढकालले मेटल प्रमाणपत्र तथा एनएमबी बैंकका सीइओ सुनील केसीले नगद पुरस्कारको चेक प्रदान गरे ।

Dabur Nepal
NIC Asia

त्यस्तै दोस्रो पुरस्कार प्राप्त गर्ने कथाकारलाई प्रमुख अतिथिले ट्रफी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मेटल प्रमाणपत्र प्रदान गरे भने तेस्रो हुने कथाकारलाई प्रमुख अतिथिले ट्रफी र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले मेटल प्रमाणपत्र प्रदान गरे । दुबैलाई एनएमबी बैंकका सीइओ सुनील केसीले नगद पुरस्कारको चेक प्रदान गरे ।

त्यस्तै उत्कृष्ट २५ कथाकार मध्ये २२ जना कथाकारहरुलाई मेटल प्रमाणपत्र प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रदान गरे भने रोयल्टी वापतको चेक प्रायोजक संस्था हिमाल स्टीलका कार्यकारी निर्देशक अभिक ज्योतिले प्रदान गरे ।

प्रतियोगिताका लागि झण्डै नौ सय कथा प्राप्त भएको थियो । गत माघ २१ देखि फागुन २० गतेसम्म कथा पठाउने मिति तय गरिएको थियो । प्राप्त कथाहरुमध्येबाट उत्कृष्ट २५ को सङ्कलनसमेत प्रकाशित गरिएको छ । ‘उत्कृष्ट कथा २०७६’ नाम दिइएको उक्त सङ्कलनको विमोचन तथा विजयी कथाकारहरुलाई परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पुरस्कार प्रदान गरेका थिए । उत्कृष्टमा पर्न सफल कथाकारहरुलाई पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई प्रकारको मूल्याङ्कन कमिटी गठन गरेको थियो । आन्तरिकमा राजेन्द्र पराजुली, गोविन्द अधिकारी, लेनिन बञ्जाडे, राजेश खनाल, अक्षर काका रहेका थिए भने बाह्यमा डा. दयाराम श्रेष्ठ, डा. अर्चना थापा तथा नयनराज पाण्डे रहेका थिए । 

\"\"लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय नेपालमा कथा लेखनप्रति आकर्षण कम भएको हुनाले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाले बताएको छ । प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्तासमेतको सहभागिता रहनु उल्लेखनीय पक्ष हो । प्रतियोगिताले ‘ट्यालेन्ट हन्ट’को काम गर्नुका साथै लुकेर बसेका प्रतिभाको खोजी गरेको छ । यसले आगामी दिनमा नेपाली कथा लेखनमा नयाँ अध्याय थप्ने विश्वास आयोजक संस्थाले गरेको छ । 

कार्यक्रमको आरम्भमा समकालीन नेपाली कथा लेखन तथा प्रतियोगी कथाहरुका बारेमा बहस गरिएको थियो । बहसमा डा. दयाराम श्रेष्ठ, डा. अर्चना थापा, नयनराज पाण्डे, राजेन्द्र पराजुली तथा अक्षर काका सहभागी थिए । १२खरी बुक्सले हरेक वर्ष साहित्यका विविध विधामा प्रतिष्पर्धाको आयोजना गर्ने १२खरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधानले प्रतिवद्धता जनाए ।

‘उत्कृष्ट कथा २०७६’ समकालीन नेपाली कथाको एउटा स्पष्ट अनुहार हुन पुगेको १२खरी बुक्सका सम्पादक राजेन्द्र पराजुलीले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ६, २०७६  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu