site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेढ वर्षसम्म पनि प्रदेशको राजधानी तोकिएन, सांसद भन्छन्–मुख्यमन्त्री षड्यन्त्रमा लागे
SkywellSkywell

काठमाडौं । प्रदेशसभा गठनको १४ महिनामा पनि स्थायी राजधानी नतोकिएको भन्दै ३ नम्बर प्रदेशसभाका सदस्यहरू रुष्ट बनेका छन् । हेटौंडा इतरका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी सार्न नचाहेकाले संसदमा प्रस्ताव नै पेश नगरेको जानकारी दिएका हुन् ।

“मुख्यमन्त्री डोरमणि पौडेल हेटौंडालाई नै प्रदेशको राजधानी तोक्ने पक्षमा हुनहुन्छ, पार्टीका नेताहरूसँग लबिङ गरिराख्नुभएको छ,” प्रदेशसभाका एक सदस्यले बाह्रखरीसँग भने । उनले संसद्मा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव नल्याएर मुख्यमन्त्रीले षड्यन्त्र गरिरहेको जानकारी दिए ।

प्रदेशसभाको हिउँदे अधिवेशन गत चैत १७ गतेबाट शुरू भएको छ । माघमै शुरू हुनुपर्ने अधिवेशन ढिला गरी शुरू भएको सांसदहरूले जानकारी दिएका छन् । जारी हिउँदे अधिवेशनअन्तर्गत आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले प्रदेशको स्थायी राजधानी र नामाकरणको विषय छिटो टुंग्याउनुपर्ने बताएका थिए ।

KFC Island Ad
NIC Asia

“प्रदेशको राजधानी यही अधिवेशनले टुंग्याउँछ । प्रदेशको राजधानी तोक्ने विषयमा बिहीबार पनि कुराकानी भएको छ,” सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश ३ का मुख्य सचेतक रामेश्वर फुयाँलले भने । उनले प्रदेशको स्थायी राजधानी कसरी तोक्ने भन्ने बारेमा कार्यविधि तय गर्ने कुरा भइरहेको जानकारी दिए ।

पाँच ठाउँ सिफारिस
काभ्रेलाई प्रदेश राजधानी तोक्ने सर्वप्रथम त्यहाँबाट निर्वाचित सांसदहरूले गत वर्षको चैत ११ गते नै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए । सांसद चन्द्रबहादुर लामा प्रस्तावक र सांसदहरू बसुन्धरा हुमागाईं, रत्नप्रसाद ढकाल र लक्ष्मण लम्साल समर्थक रहेर प्रस्ताव दर्ता गरिएको थियो । लगत्तै चितवन, नुवाकोटका सांसदहरूले पनि आ–आफ्नो ठाउँमा प्रदेशको राजधानी हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गरेका थिए ।

Royal Enfield Island Ad

ती प्रस्तावमाथि छलफल नै हुन नसकेपछि ४२ जना प्रदेशसभाका सदस्यहरूले तत्काल स्थायी राजधानी तोक्न माग राख्दै हस्ताक्षर गरेर संसदसमक्ष बुझाएका थिए । सांसदहरूको मागलाई मध्यनजर गर्दै संसदले काठमाडौं–५ (ख)बाट निर्वाचित सांसद दीपक निरौलाको संयोजकत्वमा १३ सदस्यीय प्रदेश राजधानी सम्भाव्यता अध्ययन र सिफारिस समिति गठन गर्‍यो ।

उक्त समितिले ४५ दिन लगाएर अध्ययन–प्रतिवेदन तयार पारे पनि उक्त प्रतिवेदनमाथि छलफल हुन नसकेको प्रदेशसभा सदस्य लक्ष्मण लम्साल बताउँछन् । लम्सालका अनुसार उक्त समितिले पहिलो नम्बरमा काभ्रेलाई सिफारिस गरेको छ । त्यसपछि क्रमशः भक्तपुर, चितवन, नुवाकोट, हेटौंडा सिफारिस भएका छन् ।

प्रदेशसभाका कुल ११० सांसदमध्ये दुई–तिहाई सदस्य हेटौंडालाई प्रदेशको स्थायी राजधानी तोक्न नहुने पक्षमा रहेकाले यो विषयलाई छिटो निष्कर्षमा पुर्‍याउनुपर्ने उनी बताउँछन् ।

अस्थायी मानसिकता
प्रदेशसभामात्रै होइन प्रदेशको मन्त्रिपरिषद र प्रशासनले समेतको अस्थायी मानसिकता रहेको लम्सालको जिकिर छ । प्रदेशको राजधानी नै अस्थायी रहेकाले कर्मचारहरू कार्यक्षेत्रमा खटिन मानिरहेका छैनन् भने खटिएका कर्मचारीहरू पनि अस्थायी मानसिकतामै काम गरिहेको लम्सालको दाबी छ ।

त्यस्तै हालत मन्त्रीहरूको छ । मन्त्रालय सबै हेटौंडामा छ तर मन्त्रीहरू कोही राजधानीमा बस्दैनन् । “मन्त्री नै नबसेपछि सेवाग्राही कहाँबाट जान्छन् र मन्त्रालयको काम देखिन्छ ?,” लम्साल प्रश्न गर्छन् । मन्त्रीमात्र नभई मुख्यमन्त्रीको मनोदशा पनि त्यही रहेको लम्सालको भनाइ छ ।

“हेटौंडाकै जनप्रतिनिधि भएकाले उहाँको त्यही स्थायी राजधानी हुनुपर्छ भन्ने तर्क हुनसक्छ । हेटौंडाबाटै निर्वाचित प्रदेशसभाका सबै सदस्य त्यहीँ स्थायी राजधानी हुनुपर्छ भन्ने तहमा हुनुहुन्न । किनभने उहाँहरूको कनेक्सन पनि कतै न कतै काठमाडौंसँग छ ।”
हेटौंडा अस्थायी राजधानी तोकिँदा सबैभन्दा मार प्रदेशसभा सदस्य र सेवाग्राहीलाई परेको लम्सालको भनाइ थियो ।

“रामेछाप, दोलखाका सेवाग्राहीलाई हेटौंडा पुग्न तीनदिनको समय खर्चनुपर्छ । त्यसैले यथाशीघ्र त्यहाँबाट राजधानी सार्नुपर्छ,” उनको भनाइ थियो ।

त्यसपछिमात्रै नामाकरण
प्रदेशसभा सदस्य लम्सालका अनुसार प्रदेश नामाकरणको विषय त्यति जटिल छैन । जति पेचिलो बनेको छ– राजधानी सार्ने विषय । उनले राजधानीको टुंगो लाग्नेबित्तिकै नामाकरण पनि टुंगिने दाबी गरे । अहिले चर्चामा वागमति, नेपाल मण्डल, राजधानी, गौरीशंकर प्रदेश छ । दोलखा, रामेछापतिरका सांसद गौरीशंकर प्रदेशको पक्षमा छन् भने काभ्रे, उपत्यका, नुवाकोट, धादिङ, चितवन, हेटौंडा अधिकांश सदस्य वागमती र राजधानी प्रदेशको पक्षमा छन् ।

त्यस्तै उपत्यकाबाट निर्वाचित केही नेवार समुदायका सांसद भने प्रदेशको नाम नेपाल मण्डल राख्नुपर्ने तर्क गरिरहेका छन् । “नाममा खासै विमति छैन । त्यसबारे ठूलो विवाद होलाजस्तो पनि लाग्दैन, राजधानी सुगम ठाउँमा हुनेबित्तिकै नाम जे राख्दा पनि हुन्छ,” लम्सालले भन्छन् ।

संविधानको धारा २८८ को उपधार (२) मा व्यवस्था भएअनुरूप प्रदेशसभाका २/३ बहुमत सदस्यले प्रदेशको स्थायी राजधानी तोक्न सक्नेछन् । तर, प्रदेशको राजधानी तोक्ने विषयमा नेतृत्वबीचमै मत बाझिएकाले टुंगो लाग्न नसकेको लम्सालको जिकिर छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro