site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार अर्ब खर्चेर तीन वर्षमा ११ तले धरहरा बनाइने

काठमाडौं । पुरातत्व विभागले एक हप्ता भित्र नयाँ बनाउने धरहराको ‘ड्रइङ एन्ड डिजाइन’ तयार पारिसक्ने भएको छ । विभागले धरहराको ‘ड्रइङ एन्ड डिजाइन’ तयार पारेर फाइल पुनःनिर्माण प्राधिकरणलाई बुझाउने छ ।

“‘ड्रइङ एन्ड डिजाइन’ को काम सकिसकेको छ, अब पुनः एकपटक बसेर फाइनल गर्छौं र फाइनल 'ड्रइङ एन्ड डिजाइन’ प्राधिकरणलाई बुझाउँछौं,” विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले भने, “दशौं पटक विज्ञहरुसँग बसेर छलफल भइसकेको छ अझै एक पटक सबै प्राविधिक पक्ष अध्ययन गर्न लागिएको हो ।”

विभागले अन्तिम विवरणसहितको नक्सा बुझाए पनि पुनःनिर्माण प्राधिकरणले निर्माणकार्य सुरु गर्नेछ । घिमिरेका अनुसार निर्माण सम्पन्न हुन तीन वर्ष लाग्नेछ ।

धरहराको ‘ड्रइङ एन्ड डिजाइन’ केज एन्ड कन्सल्टेन्ट र एमआरबी आर्टिस्टिकले ७७ लाख ८४ हजार रुपैयाँमा तयार पारेको हो । नयाँ बन्ने ११ तले धरहरा २४५ फिट अग्लो हुनेछ । भित्र २१३ र बाहिर २५ वटा सिँढी रहने धरहराको डिजाइनमा कुनै परिवर्तन नहुने बताइएको छ ।  

टक्सार विभाग, गोश्वारा हुलाक र अहिलेको धरहरा परिसर गरेर कुल ३० रोपनी क्षेत्रफलमा बन्ने धरहरामा अन्डरग्राउन्ड दुई तला निर्माण गरिनेछ । जसमध्ये एउटा तलामा अत्याधुनिक संग्रहालय हुनेछ भने एउटा तला पार्किङ हुनेछ । संग्रहालयमा टक्सार विभागमा रहेका पैसा छाप्ने मेसिन तथा पुराना सिक्काहरु राखिनेछ ।

“सानो तर आकर्षक टक्सार म्युजियम पनि रहनेछ”  विभागका सूचना अधिकृत दामोदर गौतमले भने, “भूकम्पले भत्काएको धरहरा पनि त्यहीँ राख्नेछौं तर त्यो अहिलेकै अवस्थामा रहनेछ । त्यसलाई सड्न र मक्किन नदिन केमिकल हालेर राखिनेछ ।”

यस्तै अर्को तलामा भने पार्किङ हुनेछ । पार्किङमा तीनसय कार र ४ सय मोटरसाइकल अटाउनेछन् । “यति ठूलो क्षमताको पार्किङ भएपछि सुन्धारा, न्युरोड क्षेत्रमा देखिएको अस्तव्यस्त पार्किङ र केही हदसम्म ट्राफिक जाममा पनि कमी आउने हामीले अपेक्षा गरेका छौं,” घिमिरेले भने ।
धरहरा निर्माणमा तीन देखि चार अर्ब खर्च लाग्नेछ ।

भूकम्पले भत्किएको धरहरा यसपटक भने फलामको रड, सिमेन्ट र इटासहित निर्माण हुने भएको छ ।अपांगता भएका व्यक्ति र अशक्तका लागि डबल लिफ्ट पनि राखिनेछ । धरहरा परिसरमा रेस्टुराँ, लबि, थिएटर तथा फाउन्टेन पनि हुनेछ ।
भूकम्प तथा प्राकृतिक प्रकोपमा बस्न मिल्ने धरहरा परिसर भित्रै खुला ठाउँ रहनेछ ।

सरकारले सुरुमा पहिलाको धरहरा रहेकै स्थानलाई ओगटेर  बनाउने योजना गरे पनि विभागले आधुनिक धरहराको ‘कन्सेप्ट’ ल्याएपछि सरकारलाई अत्यधुनिक धरहरा निर्माणमा सहमति जनाएपछि निर्माण सुरु गर्न ढिलो भएको पुरातत्व विभागका सूचना अधिकृत गौतमले जानकारी दिए ।

भत्किएको धरहराको ठूटो भने जस्ताको तस्तै अहिले कै स्थानमा राखिनेछ । गौतमले भने, “धरहरासँगै गोरखा भूकम्पले पुर्याएको क्षतिलाई प्रतिविम्बित गर्ने खालको म्युजियम रहनेछ ।”

०७१ साल वैशाख १२ गतेको भूकम्पले ९ तले धरहरा भत्किएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७३  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro