site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपत्यकामा ६ महिनामा ७ सय क्यान्सरका नयाँ बिरामी–पुरुषको तुलनामा महिला बढी

काठमाडौं । काठमाडौं उपत्यकामा ६ महिनामा ७ सय २ जना क्यान्सरका नयाँ बिरामी फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअर्न्तगतको स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१८ मा काठमाडौं उपत्यकामा ७ सय २ जना नयाँ क्यान्सरका बिरामी फेला परेका हुन् ।

सन् २०१८ को जनवरीदेखि जुन अन्तिमसम्ममा ३ सय २३ जना पुरुषमा र ३ सय ७९ महिलामा क्यान्सर देखिएको हो । जुन तथ्यांक हेर्दा पुरुषको तुलनामा महिलामा बढी क्यान्सर रोग देखिएको छ ।

सोही तथ्यांकअनुसार पुरुषमा फोक्सो क्यान्सर, दोस्रोमा ओठ-मुखको क्यान्सर, तेस्रोमा आन्द्रा र मलाशयको क्यान्सर देखिएको छ ।

क्यान्सरका नयाँ बिरामीमध्ये काठमाडौं जिल्लाका ६३ ललितपुर २१ र भक्तपुरमा १६ प्रतिशत क्यान्सरका रोगी रहेको अनुसन्धानले देखाएको स्वास्थ्य अनुसन्धान परिष्दका अध्यक्ष डा. अञ्जनीकुमार झाले बताए । क्यान्सर रोग लागेको भनि प्रमाणित भइसकेका बिरामीको तथ्यांक तथा क्यान्सर रोगबाट मृत्यु भएका मानिसको विवरण विभिन्न क्यान्सर रोग उपचार गर्ने अस्पताल, स्वास्थ्य तथा विपन्न नागरिक सेवा शाखा, स्थानीय सरकार, राष्ट्रिय पञ्जीरकण विभागबाट तथ्यांक संकलन हुने डा. झाले जानकारी दिए ।

परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले पहिलो ६ महिनाको तथ्यांकमा महिलामा बढी मात्रामा क्यान्सर देखिएको जानकारी दिए । उनले भने, “७ सय २ नयाँ बिरामीमध्ये सबैभन्दा बढी ७० देखि ७४ वर्ष उमेरसमूहका रहेका छन् ।”

सन् २०१८ को जनवरीबाट कुन क्षेत्रमा (जिल्ला) मा बसोबास गरिरहेका जनसंख्यामध्ये कतिमा वर्षेनी नयाँ क्यान्सर रोगी देखा परेका छन्, कुन क्षेत्रमा कति जनाको, कुन अंगको क्यान्सरले मृत्यु भएको छ भन्ने तथ्यांक निकाल्न क्यान्सर रजिष्ट्री प्रणाली सुरू गरिएको अनुसन्धान अधिकृत रन्जिता सुवेदीले बताईन् । उनले भनिन्, “अहिले काठमाडौं उपत्यकको पूर्ण तथ्याङ्क आउन भने अझै केही समय लाग्ने छ ।”

विभिन्न जातजातिमा गरेको अध्ययनमा काठमाडौं उपत्यकामा नेवार समुदायमा सबैभन्दा बढी क्यान्सर देखिएको हो । जसमा ३९ प्रतिशत देखिएको छ । दोस्रोमा बाह्मण क्षेत्री समुदायमा ३७ र तेस्रोमा १९ प्रतिशत अन्य जातजातिका मानिसमा क्यान्सर देखिएका परिषदको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक जनसंख्याको आधारमा अध्ययन गरेको हो । नेपालमा क्यान्सर रोग प्रमुख समस्या बनेको विज्ञहरु बताउँछन् । जसमा कुन अंगको क्यान्सरको प्रकोप बढिरहेको छ र कुन क्षेत्रमा कतिमा क्यान्सरका कारण मृत्यु भएको त्यसको यकिन तथ्यांक निकाल्नसमेत विज्ञहरुले सुझाव दिए । 

नेपालमा  जनसख्ंयामा आधारित क्यान्सरको तथ्याङ्क हालसम्म छैन। तर, सन् २००३ देखि अस्पतालमा आधारित क्यान्सरको रजिष्ट्री भने भइरहेको छ। हाल ९ जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, पश्चिम र पूर्वी रुकुममा जनसंख्यामा आधारित रजिष्ट्री गरिरहेको परिषद्‍ले जनाएको छ ।

क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालले हामी खानपान जीवनशैलीमा ध्यान नदिँदा क्यान्सर रोग बढीरहेको बताए । उनले भने, “धुलोधूँवा, खानपान जीवनशैलीमा ध्यान दिने, धुम्रपान तथा मद्यपान नखाने, नियमित व्यायम गर्ने आदि गरेमा क्यान्सरबाट बच्न सकिन्छ ।”

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  ०७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro