site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नेताहरु उपचार गर्न विदेश जाने, गरिब जनताले सरकारी अस्पताल पनि नपाउने ?’
SkywellSkywell

काठमाडौं । “मेरो यहाँ कोही छैन । यही अस्पतालको पेटीमा तन्ना ओछ्याएर सुतेको तीन दिन भयो । टिकट काउन्टर खुलेको छैन, ” वीर अस्पतालको प्रांगणमा भेटिएका वीरगन्जका ५५ वर्षीय धनिराम यादवले मंगलबार बाह्रखरीसँग पोखेको दुःखेको हो यो ।

चिकित्सकको आन्दोलन चाँडै सकिएला र टिकट काट्न पाइएला कि भन्ने आशमा आकस्मिक बाहेकका सेवाहरू बन्द गरिएको सूचना टाँसिएको भित्ता नजिकै निन्याउरो अनुहार लगाएर उनीजस्तै थुप्रै बिरामी बसेका छन् ।

दाँतबाट रगत आउने समस्या आएपछि उपचारका लागि वीर अस्पतालमा आएका  रहेछन् उनी । उनले भने, “मेरो यहाँ कोही छैन । यही अस्पतालको पेटीमा तन्ना ओछ्याएर सुतेको तीन दिन भयो । टिकट काउन्टर खुलेको छैन । घरमा गएर फेरि आउन धेरै खर्च लाग्छ, छिमेकी र बैंकबाट ऋण लिएर आएको, उता ब्याज बढिरहेको छ । यता उपचारबाट बन्‍चित हुनुपरेको छ ।"

KFC Island Ad
NIC Asia

त्यसैगरी वीर अस्पतालको टिकट काउन्टरकै अगाडि सिन्धुलीका ३२ वर्षीय सोमलाल पाख्रिन तीन दिनअघि नै फलोअपका लागि आएका रहेछन् । पेट र छाति दुख्ने समस्या आएपछि १५ दिनअघि सोमलाल उपचार गरेर फर्केका थिए । "चिकित्सकले चेकजाँच गरेर गत आइतबारसम्मको औषधी लेखिदिएका थिए," उनले भने, "आइतबार बिहानै अस्पताल पुगेँ तर डाक्टरको आन्दोलनले उपचार पाइएन । यहाँ आफ्न्तहरु कोही छैनन् । तीन दिनदेखि यही पेटीमा सुतेर रात कटाइरहेको छु ।” 

आक्रोश मिश्रित लवजमा उनी भन्छन्, “औषधी लिँदासम्म त दुख्ने समस्या कम भएको थियो । तर आइतबारदेखि औषधी पनि सकियो । नेता-डाक्टर त उपचार गर्न विदेश जान्छन् तर हामीजस्तो गरिब जनता औषधी उपचार नपाएर नै मर्ने दिन आएको छ ।”

Royal Enfield Island Ad

 त्यस्तै ट्रमा सेन्टरको प्रांगणमा भेटिएका लम्जुङका हरिचन्द्र पन्थीको गत असोजमा मोटरसाइकल दुर्घटनामा परेर दुबै खुट्टामा स्टील राखिएको छ । चिकित्सकले उनको खुट्टाको स्टील निकाल्न चैत्त २६ गते अर्थात आज बोलाएका रहेछन् । उनी सोमबार नै श्रीमतीको साथमा लम्जुङबाट काठमाडौंको बस चढेर बिहान ९ बजे ट्रमा सेन्टरमा पुगे । “ट्रमा सेन्टरमा पुग्दा निकै भिडभाड थियो,” उनले भने, “यहाँ त आन्दोलन रहेछ । मलाई त आजको फलोअप डेट दिइएको थियो । अब कति दिनमा आन्दोलन सकिने हो, कहिले उपचार गर्नु र फर्कनु निजीमा जान पनि ऋण गरेर ल्याएको पैसाले पुग्दैन ।”

\"\"

"स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आन्दोलन हड्ताल गर्दा पनि सरकार के हेरेर बसिरहेको छ ?,"उनले आक्रोश पोखे ।

गत शुक्रबार बुटवलबाट छोराको खुट्टाको उपचार गर्न आएकी मिना कार्की मलिन अनुहारमा ट्रमा सेन्टरको प्रांगणमा नै भेटिइन् । मिनाको छोराको गत माघमा मोटरसाइकल दुर्घटनामा परेर दाहिने खुट्टामा स्टील राखिएको थियो । स्टील राखिएको स्थानमा घाउ आएपछि उपचारका लागि लिएर आइन् । चार दिनपछि मंगलबार बिहान इमर्जेन्सीको टिकट खुल्यो तर उपचार भएको छैन । "इमर्जेन्सीमा गयो । ओपीडीमा जानुस् भन्छन् । ओपीडीमा एक जना पनि डाक्टर छैनन् । यहाँ डाक्टरको आन्दोलन रहेछ, हामीलाई थाहा भएन । कति हुन्छ आन्दोलन मात्र ?,” उनले पनि मनको भँडास पोखिन् ।

\"\"

उता कान्ती बाल अस्पतालले भने टिकटको मूल्य ५० रुपैयाँबाट बढाएर एक सय रुपैयाँमा सेवा दिइरहेको छ । अस्पतालले बाहिर नै बिरामीलाई ओपीडी सेवा दिइरहेको छ ।  वीर अस्पतालका भित्तामा भने आकस्मिक बाहेकका सेवाहरू अनिश्चितकालका लागि बन्द गरिएका सूचना टाँसिएका छन् । 

कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै आएको सरकारी चिकित्सक संघ (गोदान) पाँच दिनदेखि आन्दोलनमा उत्रिएपछि देशभरका सरकारी अस्पतालका आकस्मिकबाहेका सबै स्वास्थ्य सेवा ठप्प छन्  ।  विभिन्न जिल्लाबाट रिफर भएर आएका बिरामीको विचल्ली छ । तर उक्त आफूहरूलाई संघमै समायोजन गर्नुपर्ने माग राखेर गोदानको अगुवाइमा देशैभरका सरकारी चिकित्सक आन्दोलनमा छन् । 

\"\"

(गोदान) को आह्वानमा भएको उक्त आन्दोलनमा नेपाल चिकित्सक संघले समेत ऐक्यबद्धता जनाएको छ । चिकित्सकहरुको आन्दोलनले देशैभर दैनिक ५० हजारभन्दा बढी बिरामीहरु प्रभावित हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै काठमाडौंका वीर,  ट्रमा सेन्टर,  कान्ती, शुक्रराजलगायतका अस्पतालमा शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामीले पनि सेवा पाउन सकेका छैनन् । मन्त्रालयले चिकित्सकले मंगलबारसम्ममा आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन र अन्य प्रचलित कानुनको अधिनमा रही कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । तर चिकित्सकहरु भने आफुहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।

\"\"

गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने अहिले आएको समायोजनले चिकित्सकलाई मात्र होइन जनतालाई समेत असर गरेको बताए । त्यसलाई नसच्याए कर्णाली र सुदूरपश्चिममा सबैभन्दा धेरै चिकित्सक अभाव हुने उनले बताए । “सरकारलाई तत्काल वार्ताको वातावरण निर्माण गरे हामी वार्तामा जान तयार छौं,” उनले भने ।

उनले भने, “सरकारले वार्ताका लागि कुनै पहल नगरी आन्दोलनलाई दमन गरेर जाने हो भने चिकित्सकहरु थप कडा आन्दोलनका कार्यक्रम गर्नुपर्ने अवस्था आउने छ ।”  सरकारले माग पूरा नगरे सामूहिक राजीनामा दिन तयार रहेको उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चिकित्सकको मागका विषयमा छलफल भइरहेको बताए । 

तस्बिरः सरिता खड्का
 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro