site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभावकारी सेवा दिन नसक्दा स्वास्थ्य बिमाप्रतिको आकर्षण घट्दै 
SkywellSkywell

काठमाडौं । सरकारले तीन वर्षअघि सुरू गरेको स्वास्थ्य बिमा कार्यक्रममा सेवाग्राहीको रुची घट्दै गएको छ । स्वास्थ्य मन्त्रालयअन्तगर्तको स्वास्थ्य अनुसन्धान परिषद्ले सावर्जनिक गरेको रिर्पोटले स्वास्थ्य बिमामा सेवाग्राहीको रुची घट्दै गएको देखाएको हो । रिर्पोटमा बिमाप्रति रुची घट्नुको मुख्य कारण औषधीहरू नपाउने र पर्याप्त प्रयोगशालाका सेवाहरू प्रयोग गर्न नपाउने रहेको देखाएको छ । 

परिषदका रिसर्च अधिकृत डा. मेघनाथ धिमालले बिमाप्रति रुचि घट्नुको प्रमुख कारणमा औषधिहरू नपाउने, पर्याप्त प्रयोगशालाका सेवाहरू प्रयोग गर्न नपाउने र पर्याप्त जनशक्तिको नहुदाँ समस्या भएको बताए ।
 
उनले भने, “अझै पनि बिमितहरुले स्वास्थ्यबिमा र बिमाबीचको भिन्नता छुट्याउन नसक्दा समस्या भएको छ ।” गरिब विपन्न नागरिकलाई सरकारले स्वास्थ्य बिमा निशुल्क गरेको छ । तर त्यो सेवा पाए नपाएको समय-समयमा अध्ययन गनुपर्ने उनले बताए ।

KFC Island Ad
NIC Asia

परिषद्ले विभिन्न प्राइभेट अस्पतालमा सेवाको अवस्था, जिल्ला अस्पतालहरुमा सेवा प्रदायकसँग स्वास्थ्य बिमा कार्यक्रमको सन्तुष्टि प्रभावकारितालगायत विषयमा प्रश्न गरिएको थियो । त्यसैगरी बिमाले स्वास्थ्यसेवामा हुने आर्थिक भार घटाउने अपेक्षा लिएका नागरिक र सेवाग्राहीले बिमा सुरू भएपछि अस्पतालको सेवास्तर, औषधीको गुणस्तर सुधार नभएको अनुभव गरेको रिर्पोटले देखाएको छ ।

स्वास्थ्य बिमामा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार सुरुवाती दिनहरुभन्दा बिमितमा बिमाप्रति रूची घट्दै गएको बताउँछन् । सरकारले स्वास्थ्य सर्वव्यापी पहुँचतर्फ नेपाललाई सशक्त बनाउँदै सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ । तर यसरी नै स्वास्थ्य बिमाप्रतिको रूची घट्दै गएमा लक्ष्य हासिल गर्न नसकिने विज्ञहरुको सुझाव छ ।

Royal Enfield Island Ad

परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले अध्ययनमा प्रथम चरणमा स्वास्थ्य बिमा सुरू भएका ३ जिल्ला अर्थात् कैलाली, बाग्लुङ र इलाम समेटिएका जिल्लामा नै गरिएको बताए । अध्ययनमा संलग्न ३ सय ३८ सहभागीको एग्जिट क्लाइन्ट इन्टरभ्यू गरिएकोमा १० मध्ये ९ जनालाई स्वास्थ्य बिमाबारे जानकारी भएको उनले बताए । उनले भने, “हरेक वर्ष नविकरण गनुपर्ने र यदी बिमा सेवा लिन नपरेमा खेर जाने बुझाई बिमितमा छ । जसले गर्दा हामीले स्वास्थ्य बिमा र बिमावीचको फरक बुझाउँन आवश्यक छ ।”

स्वास्थ्य बिमा सबैभन्दा बढी महिलाले गरेको देखाएको छ । जसमा बिमितमध्ये ५३ प्रतिशत महिला छन् । हालसम्म देशका ४२ जिल्लामा स्वस्थ्य बिमा कार्यक्रम लागु भएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।

सुरूमा रु २ हजार ५ समयमा ५० हजारसम्मको सेवा लिन सकिने थियो भने हाल रु ३ हजार ५ मा १ लाखसम्मको सेवा लिन सकिने बोर्डले जनाएको छ । त्यस्तै परिषदले स्वास्थ्य बिमा बोर्डलाई हस्तान्तरण गरिसकेको प्रतिवेदनमा बिमाको प्रिमियम तिर्नका लागि तत्काल विपन्न पहिचान गर्नुपर्ने र सेवाको गुणस्तर बढाउनेलगायतको सुझाब दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २६, २०७५  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro