
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेसबुकमा सबैभन्दा बढी फलो गरिएको विश्वका नेता भएको एक अध्ययनले देखाएको छ ।
समाचारअनुसार उनको व्यक्तिगत एकाउन्टलाई ४० मिलियन भन्दा बढीले फलो गरेको बुर्सोन मार्सेस्टेलेरलाई उद्धृत गर्दै दि टाइम्स अफ इन्डियाले जनाएको हो ।
विश्वका १६९ सरकारका ५५९ पेसबुक पेजको विश्लेषण गरिएको थियो । जसमा ८९ राष्ट्र प्रमुख, ७० प्रधानमन्त्री तथा ५५ मन्त्रीहरुको फेसबुक क्राउड ट्यांगल टुल मार्फत प्राप्त एग्रिगेट डाटा प्रयोग गरेर सन् २०१६ भरि अध्ययन गर्दा यो तथ्य प्राप्त भएको हो ।
यस अध्ययनमा मोदी पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २० मिलियन फलोअर्ससहित दोस्रो स्थानमा रहेको र तेस्रो नम्बरमा भारतकै प्रधानमन्त्रीको आधिकारिक एकाउन्ट पाइएको बताइएको छ । यसको १३ मिलियन फलोअर्स रहेका छन् ।
उक्त रिपोर्टका अनुसार अध्ययानमा विश्वका नेताहरु मध्ये सन् २०१६ मा मोदीको सबैभन्दा बढी इन्टर्याक्सनहरु (लाइक, कमेन्ट तथा शेयर) पाइएको बताइएको छ ।
मोदीका सबैभन्दा लोकप्रिय तस्बिर मध्ये उनको आमाले प्रधानमन्त्रीको अधिकारिक निवास भ्रमण गरेको हो । उनको एकाउन्टमा १६९ मिलियन इन्टर्याक्सन पाइयो भने दोस्रो नम्बरमा क्याम्बोडियाका प्रधानमन्धी हुनसेनको एकाउन्टमा पाइएको बताइएको छ । यसमा ५८ मिलियन इन्टर्याक्सन भएको पाइएको छ ।
ओबामाको ह्वाइट हाउस पेजमा कुल ३६ मिलियन इन्टर्याक्सन पाइएको थियो ।