site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समूह चरणमा नेपालको प्रदर्शन र सेमिफाइनलको योजना

काठमाडौं । घरेलु मैदानमा सुखद नतिजासहित नेपाली राष्ट्रिय महिला फुटबल टोली पाँचौं महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। 
 
समूह ए मा रहेको आयोजक नेपालले पहिलो खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको भुटानविरुद्ध सहज जित निकाल्दै साफ च्याम्पियनसिपलाई स्वागत गरेको थियो। भुटानविरुद्धको खेलमा नेपालले सोचेजस्तो प्रदर्शन गर्न सकेन्। सन २०१४ र २०१६ को साफमा समान ८-०, ८-० गोलले पराजित भएको भुटान यस संस्करणमा भने बलियो देखियो। 

समूह चरणको पहिलो खेलमा नेपालले भुटानविरुद्ध ३-० को जित निकाल्यो। उक्त खेलमा प्रशिक्षक खड्काले नेपाली टोलीलाई ४-४-२ फरमेसनमा मैदानमा उतारेका थिए। भुटानविरुद्ध नेपालले पहिलो हाफमा दुई गोल गरेको थियो। नेपाली टोलीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो। नेपालका लागि पहिलो गोल १३ औँ मिनेटमा मन्जली कुमारी योन्जनले गरेकी थिइन्। लगत्तै ३ मिनेटपछि नेपालले अग्रता दोब्बर बनायो।
 
नेपालका लागि गोल मेसिनको उपामा पाएकी सावित्रा भण्डारीले गोल गरेकी थिइन्। दोस्रो हाफमा केही कमजोर देखिएको नेपालका लागि खेलको ५३ औं मिनेटमा कप्तान निरु थापाले एक गोल गरिन्। 

भुटानविरुद्धको जितपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले सोचेजस्तो नतिजा हात पार्न नसकिएको प्रतिकृया दिएका थिए। “हामीले पाएका धेरै अवसरलाई सदुपयोग गर्न सकनौं, अर्को कुरा हामीलाई मौसमले पनि साथ दिएन। त्यसैले सोचेको जस्तो नतिजा आएन”, प्रशिक्षक खड्काले भने। 

तुलनात्मक रुपमा कमजोर भुटानविरुद्ध धेरै गोल गर्ने नेपालको रणनीति रहेपनि भुटानी युवा टोलीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले ३ गोलमात्र गर्न सफल भयो। त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा भने सोचेंजस्तो नतिजा हात पार्न सफल भयो। नेपालले बंगलादेशमाथि शानदार जित निकाल्दै घरेलु टोली नेपाल पाँचौं महिला साफ च्याम्पीयनसिप फुटबलमा समूह ए को विजेता बन्न सफल भयो।
 
एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको नेपालले बंगलादेशमाथि ३-० को जित निकाल्दै समूह ए को विजेता बनेको थियो। समूह चरणको दोस्रो खेलमा नेपाललाई जित दिलाउन साबित्रा भण्डारी र मन्जली योन्जनले गोल गरिन्। भुटानविरुद्ध पनि समान एक-एक गोल गरेकी दुबै खेलाडीले बंगलादेशमाथि पनि एक-एक गोल गर्न सफल भइन्।
 
बंगलादेशविरुद्धको खेलमा गरेको गोल सावित्राको २४ औँ अन्तर्राष्ट्रिय गोल थियो।  नेपालले बंगलादेशविरुद्ध एक गोल भने उपहार पाएको थियो। तुलनात्मक रुपमा बलियो देखिएका दुबै टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएका थिए। नेपालले खेलको छैठौं मिनेटमा उपहार गोलबाट अग्रता बनाएको थियो।
 
बंगलादेशकी मसुरा परभिनले हेडमार्फत क्लियर गर्ने क्रममा आफनै पोष्टमा गोलगरेपछि घरेलु टोली नेपालले खेलमा पहिले अग्रता बनाउन सफल भयो। त्यस्तै २३ औं मिनेटमा साबित्रा भण्डारीले नेपालको अग्रता दोब्बर पारेकी थिइन्। 

लगत्तै ५ मिनेटपछि बंगलादेशका रक्षकको गल्तीमा मन्जली कुमारी योन्जनले नेपालको अग्रता ३-० मा पुर्‍याइन्। नेपाल र बंगलादेशले कात्तिकमा ओलम्पिक छनोटका लागि प्रतिस्पर्धा गरेका थिए। जहाँ नेपाल र बंगलादेशले एक-एक गोलको बराबरी खेलेका थिए।

साफको समूह चरणको खेलमा पराजित भएपनि बंगलादेश समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो। बंगलादेशले भने आफ्नो पहिलो खेलमा भुटानलाई २-० को गोलअन्तरले पराजित गरेको थियो।

बंगलादेशमाविरुद्धको जित पछि भने नेपाली टोलीका प्रशिक्षक खड्काले उत्कृष्ट खेल पस्कने योजना सफल भएको धारणा राखे। “सुरुवातमा गोल गर्ने योजना थियो। त्यहीअनुसार खेलाडीले प्रदर्शन गरे। ६ मिनेटमै अग्रता लिन सफल भयौं। त्यसपछि लगातार दुई गोल गर्‍यौं। खेलाडीले निकै राम्रो प्रदर्शन गरे,” प्रशिक्षक खड्काले भने। 

सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा नेपाल

समूह चरणमा राम्रो नतिजा लिएर सेमिफाइनलमा प्रवेश गरेको नेपाल श्रीलंकाविरुद्ध उत्कृष्ट नतिजा निकाल्ने पक्षमा छ। नेपाल समूह चरणका दुबै खेलमा सफल भएको टोली हो भने श्रीलंकाले एक खेलमा जित निकाल्न सफल भएको थियो भने एक खेलमा पराजित भएको थियो।  

पहिलो खेलमा माल्दिभ्सविरुद्ध २-० गोलले विजयी भएको श्रीलंकाले दोस्रो खेलमा अप्रत्यासित नतिजा हात पार्नु पर्‍यो। श्रीलंका दोस्रो खेलमा भारतविरुद्ध ६-० गोल अन्तरले पराजित भएको थियो। साफको साविक विजेता टोली भारत श्रीलंकाविरुद्ध हाबी भयो। 

पहिलो सेमिफाइनलमा नेपालले बुधबार श्रीलंकाको सामना गर्दैछ। श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल जितको मानसिकतामा रहनेछ। किनभने नेपालले यस अघि समूह चरणमा राम्रो नतिजा हात पारिसकेको छ। नेपाली टोलीका प्रशिक्षक हरि खड्काले सेमिफाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए। 

“हामीले कुनै पनि टिमलाई कमजोर ठान्नु हुँदैन, हामी अरुको प्रदर्शनभन्दा पनि बढी हाम्रो प्रदर्शनमा ध्यान दिनेछौं” प्रशिक्षक खड्काले भने, “हाम्रो टिम ब्यालेन्स मिलेको छ, हाम्रा खेलाडीहरु पनि राम्रो खेलिरहेका छन्। त्यसैले उत्कृष्ट प्रदर्शन गर्नेमा दुई मत छैन्”, खड्काले भने।

पहिलो पटक घरेलु मैदानमा आयोजना हुन लागेका साफ च्याम्पियनसिपमा नेपाल उपाधिको लक्ष्यमा छ। नेपालले हालै भारतमा सम्पन्न हिरो वुमन्स गोल्डकपमा साफको सफल राष्ट्र भारतमाथि जित निकालेको थियो। त्यसअघि ओलम्पिक छनोटमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro