site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कमिसनको चक्करमा एबिजी मेसिन चार महिनादेखि अलपत्र
SkywellSkywell

काठमाडौं। संघन उपचार कक्षमा भर्ना भएका गम्भीर प्ररकारको बिरामीका लागि अत्यावश्यक एबिजी (ब्लड ग्यास एनलाइजर स्याम्पल) मेसिन बिग्रेको चार महिना बित्दा पनि मर्मत गरेर संञ्चालनमा ल्याउन सकेको छैन्। अस्पतालमा सो मेसिनबाट दिने सेवा गत पुस १३ गतेदेखि बन्द छ।
 
उक्त मेसिनले शरीरको रक्तसञ्चालनमा अक्सिजनको मात्रा जाँच्नुका साथै भित्री नसाबाट रगत लिने गर्छ भने एसिटोसिस र अक्कोलोसिस छुट्याउने काम समेत गर्ने चिकित्सकहरु बताउँछन्।

अस्पतालका मेडिकल अफिसर डा शंकर ठाकुरले यो मेसिन बिग्रेर सेवा बन्द भएको करिब चार महिना बित्दा पनि मर्मत हुन नसकेको बताए। “सघन उपचार कक्षमा भर्ना भएका गम्भीर बिरामीका लागि एबिजी मेसिनको सेवा अति आवश्यक हुन्छ। रगतमा कार्बनडाइअक्साइड धेरै भयो र अक्सिजनको मात्रा कम भयो भने बिरामीको मुटु बन्द हुने अवस्था आउँछ, यसको मात्रा एबिजी मेसिनले छुट्याउने गरिन्छ”, उनले भने, “यो मेसिनबिना हाल बिरामीलाई सेवा दिन समस्या हुने गरेको छ।”

KFC Island Ad
NIC Asia

अस्पतालमा सो सेवा बन्द हुनुभन्दा अघि दैनिक २५ देखि ३० जनासम्म बिरामीको उपचार हुने गरेको मेडिकल अफिसर डा ठाकुर बताउँछन्। अस्पतालमा सो सेवा बन्द हुनुभन्दा अघि १ हजार रुपैयाँ दिँइदै आएको थियो। सोही सेवा निजी अस्पतालमा २ हजारदेखि  ५ हजारसम्म लिने गरेको पाइएको छ।

उक्त सेवा बन्द हुँदा चिकित्सकहरुले रगतको जाँचका लागि त्रिवि शिक्षण अस्पताल, ब्लु क्रस अस्पताल, एभरेस्ट अस्पताललगायत विभिन्न अस्पतालमा पठाउने गरेको पाइएको छ। अस्पतालको खरिद महाशाखाले मेसिन खरिदमा कमिसनको कुरा नमिल्दा मर्मत हुन नसकेको स्रोत बताउँछ।
 
स्रोतका अनुसार खरिद महाशाखाले कम शुल्कमा टेन्डर आव्हान र बढी कमिसन लिन खोज्दा व्यापारीले मेसिन मर्मत नगरेको हो। अस्पतालका कर्मचारीहरुका अनुसार प्रशासनमा पटक-पटक मेसिन बनाउन आग्रह गर्दा पनि कुनै पहल नभएको स्रोतको दाबी छ।

Royal Enfield Island Ad

अस्पतालका उपसचिव टेकराज अर्यालले एबिजी मेसिन खरिदका लागि टेन्डर आव्हान गरेर अबको एक सातामा सञ्चालनमा आउने बताए। उनले भने, “आगामी आइतबारसम्ममा एविजी मेसिन सञ्चालनमा आउँछ।”

के हो एबिजी मेसिन?

मेडिकल अफिसर डा शंकर ठाकुरका अनुसार एबिजी मेसिनले आईसियुमा भर्ना भएका बिरामीको मुटुको धडकन, रक्तचाप, सुगर र शरीरमा चाहिने अक्सिजनको मात्राबारे थाहा पाउने मेसिन रहेको बताउँछन्। 

उनले भने, “रगतमा अक्सिजनको र कार्बनडाइअक्साइडको मात्रा के छ भने यस मेसिनले छुट्याउने गर्छ भन्ने विरामीहरुलाई सो अनुसार भेन्टिलेटरमा राखेर थप उपचार गरिन्छ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro