site stats
बाह्रखरी :: Baahrakhari
देश
तुलसीपुर उपमहानगरमा \'बबन्डर\'

दाङ। तुलसीपुर उपमहानगरपालिकामा नगरका बहुमत वडा अध्यक्षहरूले कार्यपालिका बैठक बहिस्कार गरेका छन।

कांग्रेसबाट निर्वाचित १० जना वडाध्यक्षहरुले नगरप्रमुख घनश्याम पाण्डेले आफू अनुकूलका निर्णय गरेपछि कार्यपालिका बैठक बहिस्कार गरिएको बताएका छन्। तुलसीपुर उपमहानगरपालिकामा १९ वडाध्यक्षहरु छन।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले ५३ वटा कार्यपालिकाको बैठक बस्दासम्म नगरको हितमा हुने निर्णयमा सहयोग गर्दे आएको भए पनि विषयगत सभापतिहरूसँग समन्वय नै नगरी विभिन्न कार्यविधिहरू पेश हुन थाले पछि विरोधमा उत्रिएको तुलसीपुर-२ का अध्यक्ष राजु आचार्यले बताए।

कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूलाई बैठकको एजेण्डा फरक दिने र बैठक बस्दै गर्दा नयाँ एजेण्डा ल्याएर जबरजस्ती पास गराउन खोजेको आरोप उनहरूले लगाएका छन।

तुलसीपुर उपमहानगरपालिका २ का अध्यक्ष राजु आचार्य, ५ का अध्यक्ष वीरेन्द्रकुमार शाह,  ७ का अध्यक्ष टोपबहादुर केसी, ९ का अध्यक्ष घनश्याम ढकाल, ८ का अध्यक्ष बेदबहादुर केसी, १० का अध्यक्ष कुमार लामिछाने, ११ का अध्यक्ष चित्रबहादुर वली, १३ का अध्यक्ष डम्बरबहादुर न्यौपाने, १४ का अध्यक्ष परशुनारायण चौधरी, १७  का अध्यक्ष थलराज पुरीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी कार्यपालिका बहिस्कार गरेको जनाएको हुन्।

तुलसीपुर उपमहानगरपालिकाकाका प्रमुख पाण्डेले १० जना वडाध्यक्षहरूको असन्तुष्टि रहेको स्वीकार गरेका छन। उनले कार्यविधिले तोकेका अधिकारमा मात्रै हेरफेर भएको  भन्दै विरोधको लिखित जानकारी नभएको वताएका छन। कार्यविधि अध्ययन नगरेर पास गर्ने पछि आएर विरोध गर्न नमिल्ने उनको तर्क छ।  

प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  २१:०५
प्रतिक्रिया दिनुहोस्