site stats
बाह्रखरी :: Baahrakhari
देश
सडक र पुल निर्माणमा मात्र ४५ प्रतिशत बजेट खर्च

दाङ। दाङमा चालुआर्थिक वर्षमा सडक र पुल निर्माणका क्षेत्रमा ४५ प्रतिशत बजेट खर्च भएको छ। केन्द्रीय सरकारले दाङ जिल्लामा सडक र पुल निर्माण क्षेत्रमा छुट्याएको करीब एक अर्बभन्दा बढी बजेटमध्यको हालसम्म ४५.३७ प्रतिशत बजेट खर्च भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ।

चालुआर्थिक वर्ष सडक, पुललगायतका क्षेत्रमा केन्द्रीय सरकारले दाङ जिल्लामा १ अर्व १५ करोड ८९ लाख ५० हजार रुपैयाँ विभिन्न शिर्षकमा छुट्याएको थियो। त्यस मध्य ५२ करोड ५८ लाख रुपैयाँ चालुआर्थिक बर्षको साढे सात महिनामा खर्च भएको सडक डिभिजन कार्यालय दाङका लेखापाल नुमलाल पोख्रेलले बताए। उनका अनुसार करिव आधा बजेट अहिलेसम्म जिल्लाको विकास निर्माणमा खर्च भएको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लेखापाल पोख्रेलका अनुसार यो बर्ष सवैभन्दा धेरै बजेट मदन भण्डारी मार्गका विनियोजन गरेको ५२ करोड ७४ लाख रुपैयाँ सरकारले विनियोजन गरेको थियो। त्यसमध्य अहिलेसम्म करीब २६ करोड ३३ लाख रुपैयाँ खर्च भईसकेको छ।

जिल्लाको सवैभन्दा धेरै बजेट भएको योजनामा मदन भण्डारी माग रहेको कार्यालयले जनाएको छ। त्यस्तै स्थानीय सडक पुल निर्माण कार्यक्रम अन्तर्गत बिनियोजन भएको १६ करोड ९० लाख मध्य अहिलेसम्म करिव १३ करोड ७६ लाख रुपैयाँ, रणनैतिक सडक पुल कार्यक्रम अन्तर्गतको बिनियोजन भएको ११ करोड ९५ लाख रुपैयाँ मध्य अहिलेसम्म ५ करोड २ लाख रुपैयाँ खर्च भएको छ।

त्यस्तै औद्योगिक पूर्वाधार विकासका क्षेत्रमा विनियोजन भएको ५ करोड मध्य ४६ लाख रुपैयाँ मात्र खर्च भएको छ। तराई मधेश सडक पूर्वाधार बिशेष कार्यक्रम अन्तर्गत बिनियोजन भएको १५ करोड मध्य ३ करोड ४६ लाख रुपैयाँ, रणनैतिक सडक पुनःस्थापना तथा सुधार कार्यक्रमतर्फ बिनियोजन भएको १४ करोड बजेट मध्य अहिलेसम्म ३ करोड ५५ लाख रुपैयाँ मात्र खर्च भएको लेखापाल पोख्रेल बताउँछन।

प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५  २०:३६
प्रतिक्रिया दिनुहोस्