site stats
बाह्रखरी :: Baahrakhari
देश
गाउँपालिका र वडा कार्यालयमा अज्ञात समूहको ताला
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ । दाङको शान्तिनगर गाउँपालिकामा अज्ञात समूहले ताला लगाएको छ। विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको बन्दकै दिन शान्तिनगर गाउँपालिका र केही वडामा ताला लगाएको हो।

शान्तिगर गाउँपालिका कार्यालय चिराघाट, गाउँपालिकाको वडा नम्बर ३ र ४ र तुलसीपुर उपमहानगर पालिका वडा १ को कार्यालयमा अज्ञान समूहले ताला लगाएको गाउँपालिकाका प्रेस सयोजक निराश पाण्डेले जानकारी दिए।

गाउँपालिकामा लगाएको ताला भने स्थानीय र प्रहरीले फोडेको पाण्डेले जानकारी दिएका छन्।प्रहरीले भने ताला विप्लवका कार्यकर्ताले लगाएको हुनसक्ने अनुमान गरेको छ। गाउँपालिकामा अहिले उच्च सुरक्षा सर्तकता अपनाइएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  १४:२३
प्रतिक्रिया दिनुहोस्