site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच बर्षपछि बन्यो कटुवा खोलामा पुल
SkywellSkywell

दाङ । पाँच वर्षपछि दाङको घोराही-लमही सडकखण्डमा पर्ने कटुवा खोलामा पुल निर्माण भएको छ। २०७१ सालमा भदौ ११ गते निर्माणको लागि ठेक्का सम्झौता भएको कटुवा खोलाको पुल पाँच वर्षपछि पूरा भएको हो0। शंकर माली निर्माण सेवाले २०७४ असोज १० गते काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थिए।

लामो समयदेखि कटुवा खोलामा पुनर्निर्माण हुन नसक्दा यात्रुहरुले सास्ती भोग्दै आईरहेका थिए। हिजोआज पुलमा, साना गाडी, मोटर साईकल र अटो रिक्साहरु आवतजावत गरिरहेका छन्। पुलको पूरै काम सम्पन्न भईसकेको र पुल वरपरको काम मात्रै बाँकी रहेको डिभिजन सडक कार्यालयका प्रमुख बद्रीप्रसाद शर्माले जानकारी दिए।

KFC Island Ad
NIC Asia

उनले पुलसम्म पुग्नको लागि जोडिने सडक पिच गर्ने काम बाँकी रहेकाले ठूला सवारी साधनहरु आवतजावतमा समस्या भएको उनले बताए। पुलसँग जोड्ने सडक सम्याउने र पिच गर्ने काम पनि तिब्ररुपमा भएको उनले बताए।

फोरलेन सडक पनि अन्तिम चरणको पिचको लागि सडक सफा गर्ने काम भईरहेको छ। सडक सफा गर्दा व्यवस्थित औजार तथा सामाग्री नहँुदा घोराहीको फोरलेन सडक धुलाम्य भएको छ।

Royal Enfield Island Ad

त्यस्तै दाङमा अन्य खोलाको पुल निर्माणको काम पनि तिब्ररुपमा भईरहेको छ। निर्माण व्यवसायीहरुलाई आफूले जिम्मा लिएका निर्माणसम्बन्धी कामहरुलाई सम्पन्न गर्न अन्तिम म्याद दिएकाले पनि निर्माणको कामलाई तिव्रता दिएका हुन्।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५  २२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro