site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा कार्यक्रमस्थलबाटै पक्राउ परे विप्लवका तीन नेता 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ । दाङमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना नेतालाई प्रहरीले पक्राउ गरेको छ। 

ईलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार दिउँसो तीन जना नेतालई तुलसीपुरबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा नेकपा दाङका जिल्ला सचिवालय सदस्यद्वय प्रदिप वली, ईश्वरी पाण्डे र तुलसीपुर उपमहानगरपालिकाका सक्रेटरी रुद्र वली रहेको प्रहरीलेले जानकारी दिएको छ।

नेकपाले तुलसीपुरस्थित एक पार्टी प्यालेसमा शहिद परिवारलाई सम्मान गर्न आयोजित कार्यक्रमबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। "कार्यक्रम स्थलबाटै हाम्रा तीनजना नेताहरुलाई जबरजस्ती बल प्रयोग गरेर प्रहरीले लगेर गयो," एकजना नेताले भने, "हामी भने भाग्न सफल भयौं।’ प्रहरीले भने यसबारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
 

प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  २०:१६
प्रतिक्रिया दिनुहोस्