site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बुढाबुढीलाई कम्युनिष्टले बाँच्न दिँदैनन् भन्ने आरोप लाग्दा अधिकारीले दिए वृद्धभत्ता 
Sarbottam CementSarbottam Cement

अमेरिका । एमालेको २०५१ सालमा बनेको पहिलो सरकारमा अर्थमन्त्री भरतमोहन अधिकारी थिए । त्यसबेला एमालेको घोषणापत्र कम्युनिष्ट विचारधारातिर बढी ढल्किएको थियो । त्यसैले एमालेको अर्थनीति कस्तो हुन्छ, भन्ने व्यापक कौतुहलता थियो । एमालेको नौ महिने शासनकालमा अर्थमन्त्री भएका भरतमोहनले ल्याएको बजेटले नै ‘आफ्नो गाउँ आफैँ बनाउँ’ भन्ने नाराका साथ प्रत्येक गाविसमा ३ लाख रुपैयाँ सीधा अनुदान दिने घोषणा गरेको थियो । त्यसभन्दा अघिका सरकारले केही हजार रुपैयाँ बजेटमार्फत गाविसमा अनुदान नदिएका होइनन्, दिएका थिए । तर, नाराका साथ त्यसबेला प्रत्येक गाविसमा ३ लाख रुपैयाँ दिने घोषणा निकै चर्चित बन्यो । वृद्धभत्ता पनि भरतमोहनले ल्याएको बजेटवाट शुरु भएको थियो । नेपालमा बहुदल आएताका कम्युनिष्टले बुढाबुढीलाई बाँच्न दिँदैनन् भन्ने आरोप पनि लगाइन्थ्यो । त्यससन्दर्भमा वृद्धभत्ता दिने निर्णय एमाले पार्टीका लागि सवैभन्दा प्रभावकारी हुन पुग्यो । यी दुई निर्णयले एमालेलाई अहिलेसम्म राजनीतिक लाभ मिलिरहेको छ । 

भरतमोहन अर्थमन्त्री हुँदा प्रायः सल्लाहकार वरिपरि भइनैरहन्थे । यी कार्यक्रम ल्याउन पार्टीका सल्लाहकारको भूमिका होला तर, यी घोषणा भने भरतमोहनकै थिए । यी कार्यक्रमलाई लिएर भरतमोहनको बजेटको आलोचना पनि भयो । बजेट कनिका छरे जसरी छरियो भनेर यी कार्यक्रमको विरोध भयो । तर, त्यसपछि कयौं सरकार बने यी कार्यक्रमलाई कसैले हटाएनन् । बरु पैसा थप गर्दै गए । अहिले गाउँगाउँमा मोटर पुगेको छ । यसको एउटा कारण आफ्नो गाउँ आफैँ बनाउँ कार्यक्रमको योगदान हो । 

नेपाल जस्तो आर्थिक रुपमा वाह्य क्षेत्रमा निर्भर देशले वृद्धभत्ता दिनु ठिक हो होइन । यो अझै विवादको विषय हो । वृद्धलाई भत्ता त दिइएको छ । तर, यसका लागि युवाहरु विदेशमा काम गर्न जानु परेको छ । वितरणमुखी कार्यक्रमलाई देशको उपादकत्व बढाउँदैन ।

Prabhu Bank
Agni Group
NIC Asia

क्रयशक्ति भने बढाउँछ । देशमा उत्पादन नहुने तर, विदेशवाट आउने आम्दनी रेमिट्यान्सका कारण क्रयशक्ति बढ्दा नेपालको परनिर्भरता बढ्दो छ । यसले गर्दा अहिले आयातको असीमित बृद्धिले अर्थतन्त्र अन्यौलको अवस्थामा पुगेको छ । यस्ता वितरणमुखी कार्यक्रममा देशले कति खर्च धान्न सक्छ यो भने अहिलेपनि बहसको विषय हो । 

अर्थमन्त्री अधिकारीमा अरुको कुरा सुन्ने क्षमता थियो । पार्टी समर्थकका मात्र होइन अरुका कुरा सुन्ने बानी उनमा थियो । परिपक्क र संस्कारयुक्त राजनीति पनि भरतमोहनमा थियो । यही भएर उनी अरुका कुरा ध्यान दिएर सुन्न सक्थे । यसले गर्दा नै उनले पार्टीका लागि मात्र होइन देशलाई पनि दुरगामी प्रभाव पार्ने बजेट ल्याउन सके । चालु आर्थिक वर्षको बजेटमा समेत एमाले नेतृत्वको सरकारबाट कार्यकर्ताले यस्तै कार्यक्रम खोजेका थिए । यस्ता कार्यक्रम नहुँदा बजेटको पार्टीभित्र केही विरोधपनि भयो । कार्यकर्ताले रुचाएनन् पटक पटक अर्थमन्त्री भएपनि भरतमोहन व्यक्तिगत रुपमा विवादमा आएनन् । अर्थमन्त्रालयमा रहँदा आफ्नो व्यक्तिगत स्वार्थ भन्दा बढी पार्टीका लागि उनले काम गरेका थिए । 

Global Ime bank

तेस्रोपटक अर्थमन्त्री घोषणा भएपछि हामी एकाबिहानै उनीसँग समाचारका कुरा गर्न भरतमोहनको निवास पुगेका थियौं । त्यहाँ पुग्दा मन्त्री भएपछि घरमा राखिने नेपाली झण्डा पुजा गर्ने बेला भएको रहेछ । धार्मिक परम्पराअनुसार पूजा गरियो । कम्युनिष्ट धर्म मान्दैनन् भन्ने थियो तर, यसरी झण्डा पुजा गरेको देख्दा हामी हेराहेर गरेका थियौं । यस्तो विरोधाभास एमालेको अर्थनीतिमा पनि देखिन्थ्यो । यो अहिलेसम्म पनि कहिलकाहिँ देखिन्छ । सरकारमा नहुँदा भरतमोहनले नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकमा विदेशी परामर्शदाता ल्याउने नीतिको विरोध गरेका थिए । 

तर, आफु अर्थमन्त्री हुँदा यसलाई निरन्तरता दिए । यस्तै आर्थिक उदारिकरणलगायतका सवालमा पनि सत्ता बाहिर हुँदा एमालेले विरोध गथ्र्यो तर, सत्तामा रहँदा उदार अर्थनीति रोक्ने काम भने गरेन । एमालेसँग कम्युनिष्ट शव्द जोडिएका कारण सैद्धान्तिक रुपमा केही अलमल र राजनीतिक अस्थिरताले गर्दा आर्थिक उदाकिरणको गति केही सुस्त भने भयो । जसले गर्दा देशले अािर्थक उदाकिरणवाट जति फाइदा लिनुपर्ने हो लिन सकेन । 

एमालेको नौ महिने सरकारपछि भरतमोहन अधिकारी अर्थमन्त्रीका रुपमा खारिँदै आएका थिए । निजी क्षेत्रसँग उनको राम्रो सम्बन्ध गाँसिएको थियो । उद्यागी विनोद चौधरीको आत्मबल बढाउनुमा भरतमोहनको सानो भएपनि योगदान छ । 

आफ्नै अनुभवको बुझाइ र निजी क्षेत्रसँगको बढ्दो सम्पर्कले गर्दा भरतमोहनले सबैले भरोसा गर्न सक्ने अर्थमन्त्रीको पहिचान बनाएका थिए । अर्थमन्त्री हुँदा पार्टी र सरकारबीच कसरी तालमेल बनाइराख्नुपर्छ भन्नेमा पनि अधिकारीको कार्यकाल उदाहरण नै मान्नुपर्छ । उनी अर्थमन्त्री हुँदा पार्टी र अर्थमन्त्रीबीचको सम्बन्ध सधैँ राम्रो नै रह्यो । यो अन्य दलले पनि सिक्नुपर्ने पाठ हो । कांग्रेसबाट अर्थमन्त्री भएकाहरुले पार्टी नेता र कार्यकर्तावाट यो सम्मान पाएका छैनन् ।

बुढ्यौली र रोगका कारण बिस्तारै राजनीतिवाट टाढा हुँदै जाँदा पनि देशको आर्थिक अवस्थाका बारेमा टिप्पणी गर्न शरीरले दिएसम्म भरतमोहन पछाडि परेनन् । केही कुरा भन्न मन लाग्यो भने फोन गरेर समेत पत्रकारलाई जानकारी दिने उनको बानी थियो ।
नेपाल कम्युनिष्ट पार्टीभित्र र बाहिर पनि उदाहरण बनेर बिदा भएका छन् भरतमोहन अधिकारी । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  ०६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement