site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा दिनदहाडै एक युवामाथि खुकुरी प्रहार

दाङ । तुलसीपुरमा शुक्रबार दिउँसो एक युवामाथि अपरिचित समूहले खुकुरी गरेको छ। तुलसीपुर उपमहानगरपालिका- ४ रक्षाचौर निवासी करीब २४ वर्षीय गणेश हमालमाथि दिउँसो खुकुरी प्रहार भएको हो।

खुकुरी र तरबार प्रहारबाट हमालको टाउको, ढाड र खुट्टामा गहिरो घाउ लागेको छ। घाइते हमाललाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्‍ज रेफर गरिएको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्याक्सी समितिका कर्मचारीसमेत रहेका हमालमाथि तुलसीपुर सल्यान रोडको नयाँ ट्याक्सी काउन्टरमा बसी रहेको समयमा चार-पाँचजनाको संख्यामा रहेका अपरिचित युवाहरुले तरबार र खुकुरी प्रहार गरेका थिए। उनीहरु सबै मुखमा मास्क लगाएर आएको प्रत्यक्षदर्शीले बताएका छन्। आक्रमण गर्दा उनीहरु पैदल हिडेरै आएको र त्यसपछि भागेका थिए।

यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले तरबार र खुकुरी हानेर फरार युवाहरुको खोजी भइरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५  १७:३१
प्रतिक्रिया दिनुहोस्