site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुममा स्मार्ट भेडापालन

दाङ । रुकुमपूर्व भूमे गाउँपालिका- १ लुकुममा स्मार्ट भेडापालनको सम्भाव्यता अध्ययन गरिएको छ।

भेडापालनको अवस्था, अहिले उत्पादन भइराखेको खेती, लुकुमको भूमिमा कस्तो बाली तथा अन्न उब्जनी हुन्छ भन्‍ने विषयमा स्थानीयसँग छलफल गरिएको छ। भूमेमै धेरै भेडापालन वडा नम्बर १ लुकुममा गरिन्छ। 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेश सरकारले सुरु गरेको कृषि स्मार्ट गाउँअन्तर्गत प्रदेशसभा सदस्य तेजबहादुर ओलीको सिफारिसमा स्मार्ट भेडापालन सुरु गर्न थालिएको हो।

कृषि स्मार्ट गाउँको पनि सम्भाव्यता अध्ययन गरिएको छ। कृषि विज्ञ चुमानसिंह गिरी, भूमे गाउँपालिका कृषि शाखाका सहायक प्राविधिक खिमबहादुर रोकायलगायत पशु डाक्टर, कृषि प्राविधिक टोलिले कृषकका समस्या, समाधान, प्रशोधन तथा उत्पादनको सम्भाव्यता छलफल गरेका थिए।

छलफलमा कृषकले कृषि उत्पादन पहिलेको भन्दा कम हुँदै गइराखेको, कुन ठाउँमा कस्तो खालको कृषि गर्ने, पशुपालनमा रोग लाग्यो भन्ने औषधी गर्नुपर्ने थाहा नभएको र भेडाको ऊन प्रशोधन गर्ने सामग्री नभएको जस्ता समस्या देखाएका छन्। कृषि उत्पादन तथा भेडा पालनको राम्रो हुने ठाउँ रहेको कृषि विज्ञ चुमानसिंह गिरीको भनाई रहेको छ।

यसै महिना भित्र पशुपालन समूह, कृषि व्यवसायिक खेती समूह बनाएर पालिकामा दर्ता गरेअनुसार उक्त समूहलाई विधान दिएर काम सुरु गर्ने पालिकाका कृषि सहायक प्राविधिक खिम बहादुर रोकायाले जानकारी दिए। 

गठित समूहको आधारबाट के-कस्तो कृषि खेती गर्ने, कस्तो खालको पशुपालन गर्ने तथा समस्यालाई हल गर्ने आदी विषयबाट समूहले तयार पारेर डिपिआर अर्थात जम्‍मा लागत अनुसार प्राप्त अनुदानमार्फत काम सञ्‍चालन हुने भूमे गाउँपालिका कृषि शाखाले जनाएको छ।

स्मार्ट कृषि उत्पादन आर्थिक वर्ष २०७५/०७६ को प्रदेश सरकारको कार्यक्रम अन्तर्गतको वडा नम्बर १ लुकुममा खासगरी भेडापालन, आलु उत्पादन तथा बिउ, स्याउ, नास्पातीजस्ता फलफूल हुने क्षेत्र अध्ययनले देखाएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए।

प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५  १५:४४
प्रतिक्रिया दिनुहोस्