site stats
बाह्रखरी :: Baahrakhari
देश
मलको लागि गड्यौलाको खेती

दाङ । मलको लागि दाङमा गड्यौला खति नै गरिएको छ। चितवनबाट गड्यौला लिएर खेती नै गरेको महिला कृषकले बताएका छन्। गढवा गाउँपालिका-५ धर्मापुरका महिला कृषकले गड्यौला खेती गरेका हुन्।

स्थानीय सृर्जना चौधरी र देशनी चौधरीले विगत केही सयमदेखि मल उत्पादनको लागि भनेर गाउँमै गड्यौला खेती गर्दै आएका छन् । प्राङगारिक मल उत्पादनको लागि गड्यौला खेती गरेको कृषक सृजना चौधरीले बताइन्। "मंसिरमा चितवनबाट गड्यौला लिएर राखेका हौं। गड्यौला विस्तार ठुलो हुँदै गएको छ" उनले भनिन, "अब केही समयपछि यसले मल दिने छ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले २ हजार ५ सय किलो गड्यौला किनेर ल्याएको समेत बताइन्। बारीमै उनले घरले छाएको टहरो बनाएर गड्यौला पालेका छन्। कुहिएर खेर जाने वस्तु गड्यौलालाई खुवाएर मल बनाउने बताइन्। जहाँतहीँ फालिएका कुहिएर खेर जाने वस्तु संकलन गरेर उनले गड्यौलालाई खुवाउने गर्छिन्। त्यही फोहोरबाट उनले मोहोर बनाउने योजना सुनाइन्।

त्यसैगरेर देशनी चौधरीको पनि सपना उनको जस्तै छ। "यो हाम्रो लागि नयाँ अभ्यास हो। काम थालेका छौं" उनले भनिन "पछि राम्रो नै होला।" उनिहरुले त्यो ठाउँमा तरकारी खेती समेत गर्दै आएका छन्। टमाटर, खुर्सानी, भान्टा, आलु र अन्य तरकारी खेती गर्दै आएका छन् ।

"नयाँ कामको सुरुवात भएको छ। यो कामले यहाँका महिलाहरुको आर्थिक सुधार आउने देखिएको छ", जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने।

प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५  २१:०५
प्रतिक्रिया दिनुहोस्