site stats
बाह्रखरी :: Baahrakhari
देश
 दाङमा दुर्घटना : दुई जनाको मृत्यु, पाँच घाइते

दाङ । दाङमा बुधवार बेलुका भएको पिकअप भ्यान दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। लु १ च ५९१२ नम्बरको पिकअप भ्यान तुलसीपुर उपमहानगरपालिका- १९ बाहिरी सक्राममा दुर्घटना हुँदा चालक ३५ बर्षीय लालबहादुर वली र तुलसीपुर १९ बाँसगढी निवासी ५५ बर्षीय अम्मरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको छ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीका अनुसार बेलुका सवा ६ बजेतिर भएको उक्त दुर्घटनामा परी पाँचजना घाइते भएका छन्। जसमध्ये तुलसीपुर-१९ छिल्लीकोट निवासी १६ बर्षीय लिलाबहादुर विकको अवस्था गम्भीर छ।

अन्य घाइतेहरुमा छिल्लीकोट निवासी ४४ बर्षीय कर्णबहादुर खड्का, घोराही उपमहानगरपालिका-१५ रतनपुर निवासी २२ बर्षीया सपना सिंह ठकुरी र उनका दुईवटा एक महिने र ४ वर्षका छोराहरु घाइते भएको घर्तीले जानकारी दिए। घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५  १९:५८
प्रतिक्रिया दिनुहोस्