दाङ । दाङमा गएको सात महिनामा सडक दुर्घटनामा ७४ जनाको मत्यु भएको छ । गएका सात महिनामा जिल्लाका विभिन्न स्थानमा भएका साना–ठूला गरि १ सय १७ सवारी दुर्घटनामा ७४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार जिल्लामा मंसिर महिनामा सवैभन्दा धेरै २० वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै, भदौ र कार्तिकमा १८–१८, साउन, असोज र माघमा १७–१७ र पुसमा १० वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार सवैभन्दा धेरै पुस महिनामा मात्र ३० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय घोराहीका लालबहादुर देउवाले जानकारी दिए अनुसार भदौ महिनामा ७ जना, साउनमा ५ जना र असोजमा ३ जनाको मृत्यु भएको छ । जसमा ५४ जना पुरुष, १३ जना महिला, ५ जना बालक र २ जना बालिका रहेका छन । प्रहरीका अनुसार दुर्घटनामा १ सय ४० गम्भीर तथा १ सय १० जना सामान्य घाइते भएका छन् ।
एक सय १७ सवारी दुर्घटनामा एक सय ६२ सवारीसाधनहरु परेका छन । प्रहरीको तथ्याङक अनुसार सवैभन्दा बढि दुर्घटना हुनेमा मोटरसाईकल छन । प्रहरीको तथ्याङक अनुसार गत साउनदेखि माघ मसान्तसम्म ७८ वटा मोटरसाईकल दुर्घटना जिल्लामा भएका छन । त्यस्तै बस २५ वटा, जिप तथा कार २० वटा, ट्याक्टर १७ वटा, ट्रक–ट्यांकर आठ वटा, टेम्पो ९ वट, टिप्पर २ वटा र अन्य ३ वटा दुर्घटनाहरु भएको प्रहरी देउवाले जानकारी दिए ।
उक्त दुर्घटनामा करिव १ करोड, ८१ लख ७४ हजार सय बढिको क्षति भएको हुन सक्ने ट्राफिक प्रहरीको भनाई रहेको छ । प्रहरीका अनुसार पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएका छन । जसको मुख्य कारण ट्राफिक नियमको पालना नगर्ने, चालककको लापरवार्ही, साँघुरो सडकलगायतका कारणहरु रहेको ट्राफिक प्रहरीको भनाई छ ।