site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
वर्ल्ड च्याम्पियनसिपमा विजयी खेलाडीले १ करोड ५६ लाख पुरस्कार पाउने
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारले क्रिकेट, साग फुटबल एवम् वर्ड च्याम्पियनसिपमा विजयी खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई १ करोड ५६ रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद् निर्णय सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् ।
मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सम्पन्न ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बताए । बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धका सुवास सिटौलालाई नियुक्त गरेको छ । 
बजेट कार्यान्वयनमा देखिएका समाधान गर्ने निर्णय पनि बैठकले गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
बैठकले पाँचजना सहायकरथीलाई उपरथी दर्जामा पदोन्नती गरी पदस्थापन गर्ने तथा पाँच जना उपरथीलाई सरुवा गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटोले जानकारी दिए ।
“प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७५ स्वीकृत गरिएको छ,” पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले जानकारी दिए, “नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक श्री पुरुषोत्तम खनाललाई नेपाल दूरसञ्चार प्राधिकरणमा कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरिएको छ ।” 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro