site stats
बाह्रखरी :: Baahrakhari
देश
दुर्घटनामा एक महिलाको मृत्यु, सांसद वलीसहित अन्य १३ जना घाईते
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ । दाङमा आज भएको सडक दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । मृतकको सनाखत हुन छैन ।

दुर्घटनामा प्रदेश नम्बर पाँचका प्रदेश सांसद उत्तर कुमार वली सहित अन्य १३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको  छ । सांसद उत्तर कुमार वलीको अबस्था गम्भीर छ । घटनामा  गम्भीर घाईते भएका प्रदेश सांसद वलीलाई दाङमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । दाङको तुलसीपुरबाट वीरगन्ज जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बस र लमहीबाट घोराही तर्फ जाँदै गरेको सांसद सवार बा १८ च ६८३६ नम्बरको जिप घोराही उपमहानगरपालिका वडा नम्बर ३ मुसोटको चिसापानी नजिक एक आपसमा ठोक्किएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०७५  १८:५६
प्रतिक्रिया दिनुहोस्